नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रेस विज्ञप्ति २०७९ फागुन ३

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको  प्रेस विज्ञप्ति २०७९ फागुन ३ नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेशको प्रेस विज्ञप्ति 
२०७९ फागुन ३ 
 
यातायात मजदुरहरुको प्रदर्शनको क्रममा यही फागुन १ गते सोमबार काठमाडौं गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटको घटनाप्रति यस नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो घटना लोकतान्त्रिक गणतन्त्र नेपाल जस्तो शान्तिप्रिय देशमा हुनु निश्चय नै गम्भीर र आश्चर्यजनक छ । राज्य प्रशासन र कानूनलाई ठाडै चुनौती दिंदै दिनदहाडै भएको यो घटनाले मुलुकको शान्ति सुरक्षामा गम्भीर प्रश्न उब्जिएको छ । बीच शहरको माझ प्रहरीकै सवारी साधन आगजनी गरिनु, पसलहरु तोडफोड गरी लुटिनु, सर्वसाधारणहरु हात उठाएर हिड्नुपर्ने अवस्था सिर्जना हुनुपर्दा कतै हामी द्वन्दग्रस्त मुलुकमा पो छौं कि भन्ने सम्मको स्थितिको सामना आम सर्वसाधारणले गर्नुपरेको छ । 
शान्तिपूर्ण आन्दोलन, जुलुस, प्रदर्शन गर्न पाउने अधिकार जो कसैलाई छ तर सोही आन्दोलनको निहुँमा कसैको पनि व्यक्तिगत व्यवसायमाथि तोडफोड र लुट मच्चाउने अधिकार कसैको पनि छैन र हुनु हुँदैन पनि । एउटाको अधिकारको लागि लड्दै गर्दा अरु कसैको अधिकार माथि खले वाड हुनु हँुदैन । नयाँ बसपार्क क्षेत्रमा भएको यो घटना एउटा नजिरको रुपमा स्थापित हनु गएको छ । यसले भोलिका दिनमा सचेत र गम्भीर रहनुपर्ने नमिठो पाठ पनि सिकाएको छ । 
कोभिड १९ को प्रकोप, चर्को बैंक व्याजलगायतका कारण धराशायी हुँदै गईरहके ो उद्योग व्यवसाय क्षेत्र यी र यस्ता घटनाहरुले थप प्रभावित हुने निश्चित छ । स्व. प्रेमप्रसाद आचार्यको आत्मदाहको घटना सेलाउन नपाउँदै यस्ता घटना घट्नुले अब निजी क्षेत्रले पनि गम्भीर भएर सोच्नु पर्ने अवस्था सिर्जना भएको छ । राज्यलाई कर तिरेर निर्धक्क साथ व्यवसाय संचालन गर्न पनि नसक्ने स्थिति सिर्जना हुन निश्चय पनि पीडादायक छ । यो तोडफोड र लुटपाटको घटनाको घोर भत्र्सना गर्दै यस्ता लुटपाटमा संलग्न जो कोहीलाई पनि पक्राउ गरी उचित सजाय दिन र पीडित व्यवसायीहरुलाई आवश्यक क्षतिपूर्ति प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेश नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछ । साथै उद्योगी व्यवसायीहरुले निर्धक्क साथ आप्mनो व्यापार व्यवसाय गर्ने वातावरण तयार गरिदिन पनि हार्दिक अनुरोध गर्दछ । 
 
 
...................... 
दिल सुन्दर श्रेष्ठ अध्यक्ष 
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश हेटौंडा, मकवानपुर 
  Releated Attachment : 1676542772_press release gongabu case.pdf