मकवानपुर उद्योग वाणिज्य संघकाे स्वागत कार्यक्रम

मकवानपुर उद्योग वाणिज्य संघकाे स्वागत कार्यक्रम

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यकारिणी समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाइ मकवानपुर उद्योग वाणिज्य संघले शनिबार स्वागत गरेको छ ।

 

स्वागत कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, नेउवामहासंघ बागमती प्रदेशका उपाध्यक्षद्वय सविन श्रेष्ठ, दुर्गाराज श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने र उपाध्यक्ष कृष्ण कुमार गुप्तालगायतले मन्तव्य राखेका थिए ।

 

स्वागत कार्यक्रममा हेटौंडामा कार्यक्रम आयोजना गर्दैगर्दा नेउवामहासंघ बागमती प्रदेशले पूर्णता पाएको, हेटौंडामै प्रदेशको कार्यालय रहने सुनिश्चित भएको र मकवानपुर उद्योग वाणिज्य संघकै नेतृत्वमा मध्यमाञ्चल स्तरीय महासंघको नेतृत्व रहदैगर्दा राज्य प्रदेश संरचनामा गएको कारण नेउवामहासंघ प्रदेश ३ को पहिलो जिम्मेवारीको नेतृत्व मकवानपुर उद्योग वाणिज्य संघले नै गरेको चर्चा गरिएको थियो । कार्यक्रममा प्रदेशको कृषिलगायत उद्योग व्यवसाय क्षेत्रको विकासको लागि पहल आवश्यक रहेको छलफल गरिएको थियो ।

 

Recent Press Releases