बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुबीच प्रदेशसंगको सम्बन्ध र सचिवालय सुदृढिकरण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न (२०७९ श्रावण २०)

बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुबीच प्रदेशसंगको सम्बन्ध र सचिवालय सुदृढिकरण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न (२०७९ श्रावण २०)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आयोजनामा २०७९ श्रावण २० गते शुक्रवार काठमाडौं स्थित होटल यलो प्यागोडामा प्रदेश अन्तर्गतका सम्पूर्ण उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुबीच प्रदेश संगको सम्बन्ध र सचिवालय सुदृढिकरण सम्बन्धी छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले उद्योग वाणिज्य संघहरुको इतिहास, महत्व र सो को प्रभावकारिता, उद्योग वाणिज्य संघहरुले खेल्नुपर्ने भूमिका, यसको सुदृढिकरणका लागि सचिवालय र कार्यसमितिले पूरा गर्नुपर्ने दायित्वलगायतको विषयमा मन्तव्य राख्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरले आ.व. २०७९÷८० को लागि विभिन्न विषयगत मन्त्रालयहरुले छुट्ट्याएको बजेटको विषयमा जानकारी र उक्त बजेटबाट उद्योग वाणिज्य संघहरुले गर्न सक्ने कार्यक्रमहरुको विषयमा जानकारी दिनुभएको थियो । अध्यक्ष दिल सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको छलफल कार्यक्रममा सहभागी कार्यकारी प्रमुखज्यूहरुले उवासंघले भोग्नु परिरहेको समस्या, कार्यक्रमहरुको अभाव, एकआपसका अनुभवहरु आदान प्रदान गर्नुभएको थियो । नेउवामहासंघ बागमती प्रदेशका उपाध्यक्ष श्री दुर्गाराज श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सविन श्रेष्ठले धन्यवादज्ञापन सहित समापन मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न उवासंघका अध्यक्षलगायत पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
  Releated Attachment : 1660115520_296070931_371662805156333_5558485412472493674_n.jpg