विषयगत समितिहरुबीच परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न (२०७९ श्रावण २०)

विषयगत समितिहरुबीच परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न (२०७९ श्रावण २०)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आयोजनामा २०७९ श्रावण २० गते शुक्रवार काठमाडौं स्थित होटल यलो प्यागोडामा बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण विषयगत समितिहरुबीच परिचयात्मक तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको अध्यक्षतामा भएको परिचयात्मक तथा छलफल कार्यक्रममा विभिन्न विषयगत समितिका सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरिएको थियो । समितिका सदस्यहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु कमल कुमार श्रेष्ठ, सुरकृष्ण बैद्य, डि.बि. बस्नेत र रामेश्वर मानन्धरले मनोनयन पत्र वितरण गर्नुभएको थियो भने अध्यक्ष दिल सुन्दर श्रेष्ठले खादा लगाई शुभकामना दिनुभएको थियो । परिचयात्मक तथा छलफल कार्यक्रममा केन्द्रीय सदस्य रामेश्वर मानन्धर, कमल कुमार श्रेष्ठ, सुरकृष्ण बैद्य र डि.बि. बस्नेतले उद्योगी व्यवसायीहरुले वर्तमान परिस्थितिमा भोग्नुपरेको समस्याहरु, उद्योग वाणिज्य संघहरुको सुदृढिकरण, विभिन्न निकायहरुसंगको साझेदारी, विविध कार्यक्रमहरु ल्याउनु पर्ने कुरामा जोड दिनुभएको थियो । अध्यक्ष दिल सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको छलफल कार्यक्रममा सहभागीहरुले पनि उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको कर, बैंक व्याज, मिसम्याचलगायतका समस्याहरुको बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । नेउवामहासंघ बागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष दुर्गाराज श्रेष्ठले धन्यवादज्ञापन सहित समापन मन्तव्य राख्नुभएको थियो ।
  Releated Attachment : 1660115236_296105809_371642228491724_1885200752662481553_n.jpg