नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौ प्रदेश सभा सम्पन्न !

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौ प्रदेश सभा सम्पन्न !
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौ प्रदेश सभा यही २०७९ जेठ २० गते शुक्रवार हेटौंडाको अर्किड रिसोर्टमा सम्पन्न भएको छ । बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकार बागमती प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र पाण्डे हुनुहुन्थ्यो । अध्यक्ष दिल सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको प्रदेश सभामा सहभागी उद्योगी व्यवसायीहरुले निजी क्षेत्रको लगानी सुरक्षित गर्न थुप्रै कानून बनाउन आवश्यक रहेको बताएका छन् । कर्जा ऐन, बहाल ऐन, सुरक्षित कारोबार ऐन, चेम्बर ऐन लगायतका थुप्रै ऐन कानून बनाउन आवश्यक रहेको उद्योगीहरुको भनाई रहेको थियो । निजी क्षेत्रको तर्पmबाट विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठलगायतले उद्योगी व्यवसायीहरुको समस्याको बारेमा आआप्mनो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष जुना दाहाल र हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले निजी क्षेत्रसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्योगमा काम गर्ने कामदारहरुलाई सिप तथा तालिम प्रदान गर्नुपर्ने बताउनुभएको थियो । निजी क्षेत्रको प्रवद्र्धनका लागि नेपाल सरकार सदैव साथ रहेको र सरकार र निजी क्षेत्र भनेको रथको दुई पाँग्रा रहेको बताउनुभएको थियो । स्थानीय वस्तुहरुको प्रवद्र्धनकालागि उद्योगी व्यवसायी नै अघि सर्नुपर्ने बताउनुहुँदै मन्त्री पाण्डेले कृषिसहित हरेक क्षेत्रमा अब सीपसहितको रोजगारी हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाबाट प्राप्त जग्गाको लागि कार्यालयलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । त्यसै गरी व्यवसायीहरुकोलागि मुख्यमन्त्रीद्वारा प्रिभिलेज कार्डको पनि शुभारम्भ गरिएको थियो । उपाध्यक्ष सविन श्रेष्ठले समापन मन्तव्य राख्नुभएको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि माननीय पाण्डेलाई अध्यक्षद्वारा मायाको चिनो पनि प्रदान गरिएको थियो । समुद्घाटन कार्यक्रममा विभिन्न जिल्ला नगर उवासंघ, बस्तुगत संघसंस्थाहरु, एशोसियट सदस्यहरु, नवनिर्वाचित विभिन्न वडाका वडा अध्यक्षज्यूहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
५ औं प्रदेश सभाको बन्द सत्रमा वार्षिक प्रतिवेदन र आ.व. २०७७÷७८ को आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ भने आगामी आ.व. २०७९÷८० कालागि रु. २,६३,००,०००।– अनुमानित बजेट पनि पास गरिएको छ । प्रदेश सभाकै अवसर पारेर उद्योगी व्यवसायीहरुको समस्या समाधानार्थ हेटौंडा घोषणा पत्र पनि सार्वजनिक गरिएको थियो ।