बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीज्यूसंग भेटघाट तथा छलफल । २०८३।०६।०६

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीज्यूसंग भेटघाट तथा छलफल । २०८३।०६।०६
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रतिनिधिमण्डलले आर्थिक मामिला तथा योजना मन्त्रीज्यूसंग भेटघाट तथा छलफल गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमै माननीय मन्त्री सरल सहयात्री पौडलज्यूसंग परिचयात्मक भेटघाट तथा महत्वपूर्ण विषयहरुमा छलफल भएको हो । प्रदेश उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठ, कोषाध्यक्ष रुद्र बहादुर खत्री एवम् कार्यकारी निर्देशक विवेक मानन्धरज्यूसहितको टोलीले भेटघाटका क्रममा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनःस्र्थापना, जीविकोपार्जन तथा रोजगारी सिर्जनाका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडलमार्फत सहकार्य गर्ने विषयमा गम्भीर छलफल गरियो। प्रभावित परिवारलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले आवश्यक नीतिगत तथा कानूनी प्रक्रियाको अध्ययन गरी उपयुक्त कार्यविधि निर्माण गर्ने र निजी क्षेत्रको सहभागितालाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा समेत मन्त्रीज्यूसंग छलफल भएको छ। विपद् बाट प्रभावित नागरिकको पुनःस्र्थापना र आर्थिक पुनरुत्थानका लागि प्रदेश सरकार, निजी क्षेत्र तथा सरोकारवाला पक्षबीचको सहकार्यलाई थप सुदृढ गर्दै ठोस र परिणाममुखी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
Releated Attachment : 1790167138_arthik mamila mantri vet xalfal.jpg