नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालयको लागि जग्गा प्राप्त । २०८३।०६।०७

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालयको लागि जग्गा प्राप्त । २०८३।०६।०७
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय भवन निर्माणको लागि आवश्यक जग्गा प्राप्त भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका जिल्ला नगर उपाध्यक्ष एवम् मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री कृष्ण कुमार गुप्ताज्यूको छोरा श्री अमित अग्रवालज्यूको नाममा हेटौंडा १७ मा रहेको १ कठ्ठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघको नाममा नामसारी गरिएको हो । नामसारीपश्चात अध्यक्ष श्री वेद बहादुर श्रेष्ठज्यूलाई भूमि प्रशासन कार्यालय अघि उपाध्यक्ष जिल्ला नगर उपाध्यक्ष श्री कृष्ण कुमार गुप्ताज्यूले जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गर्नुभएको थियो । पूर्जा हस्तान्तरणका बखत नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री रुद्र बहादुर खत्रीज्यू, कार्यकारी निर्देशक श्री विवेक मानन्धरज्यू, कार्यालय सहायक श्री रश्मि खनालज्यूको पनि उपस्थिति रहेको थियो ।
Releated Attachment : 1790164820_WhatsApp Image 2026-09-23 at 16.57.39 (1).jpeg