विपद् क्षेत्रको अवलोकनमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पनि । २०८३।०५।१५

विपद् क्षेत्रको अवलोकनमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पनि । २०८३।०५।१५
नेपाल उद्योग वाणिज्य महासंघको टोलीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । महासंघका अध्यक्ष श्री अञ्जन श्रेष्ठज्यूसहितको टोलीले स्थलगत भ्रमण गरी स्थानीय नुवाकोट उद्योग वाणिज्य संघ एवम् प्रभावित व्यवसायीहरुसंग छलफल एवम् अन्तरक्रिया पनि गरेको छ । स्थलगत अवलोकन टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यू, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री वेद बहादुर श्रेष्ठज्यू, महासंघका सामाजिक तथा विपद् व्यवस्थापन समितिका सभापति श्री राजकुमार  कार्कीज्यू, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष श्री बुद्धराज बस्नेतज्यूलगायत हुनुहुन्थ्यो । टोलीले नुवाकोटको प्रभावित क्षेत्रहरु ढुंगे बजार र देवीघाट बजारको स्थलगत अवलोकन गर्नुभएको थियो । अवलोकनको क्रममा ती क्षेत्रहरुको अकल्पनीय विनाश र हृदयपर्शी घटनाले सहभागीहरुलाई भाव बिव्हल बनाएको थियो । अवलोकनको क्रममा नुवाकोटका  माननीय सांसद अच्युत लामिछाने  र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठज्यूसंग अध्यक्ष श्री अञ्जन श्रेष्ठज्यूले पीडित उद्यमी, व्यवसायी लगायतलाई कसरी राहत, उद्दार र सहयोग गर्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक छलफल  गर्नुभएको थियो । नुवाकोट उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा भेला हुनुभएका उद्यमी व्यवसायीहरुले अब आईपर्ने विभिन्न समस्याहरुको बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । बिशेष गरी उद्योग व्यवसाय पुनस्र्थापना, बैंक कर्जा, बीमा, करका सन्दर्भमा  छलफल केन्द्रित रहेको थियो । महासंघका अध्यक्ष श्री अञ्जन श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यूले उठेका यावत विषयहरु गम्भीर रहेकोले महासंघले हरसम्भव सहयोग गर्ने र सरकार तथा सरोकारवालाहरुसंग यस तर्फ मिलेर काम गर्ने बताउनुभयो । विपद्को यस घडीमा नुवाकोटका केन्द्रिय सदस्यहरु श्री गीता अमात्यज्यू, श्री तारा बहादुर कार्कीज्यू र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठज्यूलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरु अहोरात्र खटनु भएकोमा सबैको उच्च प्रशंसा पनि गरिएको थियो ।
Releated Attachment : 1788252050_nuwakot rahat bitaran.jpeg