नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रेस विज्ञप्ति ! २०८३ भाद्र १०

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रेस विज्ञप्ति ! २०८३ भाद्र १० नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको
प्रेस विज्ञप्ति
२०८३ भाद्र १०

तत्काल उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि महासंघको आग्रह

रसुवा जिल्लाको भोटेकोशी नदी क्षेत्रमा आज २०८३ भाद्र १० गते विहान आएको भीषण बाढी तथा पहिरोका कारण स्थानीय बासिन्दा, व्यवसायी, श्रमिक तथा सर्वसाधारणको जनधनमा गम्भीर क्षति पुगेको दुःखद् घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दछ । यस प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साथै, बेपत्ता तथा उद्धारको प्रतीक्षामा रहेका सम्पूर्ण नागरिकको सकुशल उद्धारकालागि राज्यका सबै संयन्त्रलाई उच्च प्राथमिकताका साथ परिचालन गर्न आग्रह गर्दछौं ।
विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश नेपाल सरकार, बागमती प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सबै निकाय समक्ष निम्न कार्यहरू तत्काल प्रभावकारी रूपमा अघि बढाउन जोडदार आग्रह पनि गर्दछ ।
ड्ड    जोखिम क्षेत्रमा रहेका नागरिकहरूको उद्धारका लागि त्तगष्अप च्भकउयलकभ त्भबm तथा आवश्यक उद्धार टोलीलाई अविलम्ब पूर्ण क्षमतामा परिचालन गरियोस् ।
ड्ड    उद्धारको प्रतीक्षामा रहेका सबै नागरिकको खोज तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखी हेलिकप्टर, डुंगा, सुरक्षा निकाय तथा आवश्यक प्राविधिक जनशक्तिको समन्वयात्मक परिचालन गरियोस् ।
ड्ड    भोटेकोशी नदी किनार तथा पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई तत्काल सुरक्षित तथा उपयुक्त स्थानमा स्थानान्तरण गरी अस्थायी आवास, खाद्यान्न, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा तथा आवश्यक राहत सामग्रीको व्यवस्था गरियोस् ।
ड्ड    नदी तटीय क्षेत्रमा थप बाढी, कटान तथा पहिरोको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जोखिमयुक्त क्षेत्रमा सर्वसाधारणको आवतजावत नियन्त्रण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइयोस् ।
ड्ड    प्रभावित सडक, पुल, विद्युत, सञ्चार तथा अत्यावश्यक पूर्वाधारको तत्काल प्राविधिक मूल्याङ्कन गरी उद्धार तथा राहत आवागमन सहज बनाइयोस् ।
ड्ड    प्रभावित उद्योग, व्यवसाय, पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा परेको असरको यथार्थ विवरण संकलन गरी पुनःस्थापना तथा पुनर्निर्माणका लागि विशेष राहत तथा सहुलियत कार्यक्रमको व्यवस्था मिलाईयोस् ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश यस कठिन घडीमा राज्यका सबै निकायसँग समन्वय गर्दै आवश्यक मानवीय सहयोग, राहत संकलन तथा निजी क्षेत्रको तर्फबाट हरसम्भव सहयोगकालागि सदैव प्रतिबद्ध रहेको जानकारी गराउँदछौं ।
सम्पूर्ण नागरिकलाई आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा जोखिमयुक्त नदी किनार र पहिरो प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न समेत नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश हार्दिक अनुरोध गर्दछ ।
विपद् प्रभावित सबै नागरिक प्रति ऐक्यबद्धता व्यक्त गर्दै शीघ्र उद्धार, राहत र सुरक्षित पुनःस्थापनाको अपेक्षा गर्दछौं ।
   ......................
वेद बहादुर श्रेष्ठ
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश
हेटौंडा, मकवानपुर Releated Attachment : 1787744719_rasuwa badhi press release.pdf