छलफल कार्यक्रम आयोजना गर्ने विषयमा छलफल । २०८२।०३।१२ 

छलफल कार्यक्रम आयोजना गर्ने विषयमा छलफल । २०८२।०३।१२ 
सामाजिक विकास मन्त्रालय बागमती प्रदेश राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यक्रम अन्तर्गत रोजगारदाता र पूर्व सिकाई मान्यता अन्तर्गत प्रमाणित सीपयुक्त दक्ष जनशक्ति बीच छलफल कार्यक्रम आयोजना गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालयमा छलफल भएको छ । राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यक्रमका बरिष्ठ अनुगमन अधिकृत श्री सुरेन्द्र कुमार रामज्यूलगायतसंग छलफल गर्नुहुँदै कार्यकारिणी सदस्य श्री विष्णु खनाल एवम् कार्यकारी निर्देशक श्री विवेक मानन्धरज्यूले मन्त्रालयसंग सदैव सहकार्य गर्दै आएको बताउनुभयो । उद्याेगी र दक्ष जनशक्तिबीचको खाडल पुर्न यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने विचार व्यक्त गर्नु हुँदै कार्यक्रम आगामी असार तेस्रो हप्ताभित्र आयोजना गर्ने निर्णय गरिएको कार्यकारी निर्देशक श्री विवेक मानन्धरज्यूले बताउनु भएको छ ।