नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको तेश्रो बैठक विविध निर्णयहरु गरी सम्पन्न । २०८३।०३।०१

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको तेश्रो बैठक विविध निर्णयहरु गरी सम्पन्न । २०८३।०३।०१
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको तेश्रो बैठक हेटौंडास्थित प्रदेशको सचिवालयमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष वेद बहादुर श्रेष्ठज्यूको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । भवन निर्माणकालागि जग्गा खरिद गर्न जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ताज्यूबाट प्राप्त हुने आर्थिक सहयोग अनुमोदनकालागि केन्द्रीय महासंघमा अनुरोध गर्ने, भाद्र महिनामा कार्ययोजना गोष्ठी आयोजना गर्ने, थप ३ वटा समिति संयोजकहरुमा क्रमशः शिक्षा, सीप विकास तथा रोजगार समितिमा कार्यकारिणी सदस्य श्री प्रदिपमान प्रधान, स्थल यातायात तथा पारवहन समितिमा कार्यकारिणी सदस्य श्री सनत थापा र स्टार्टअप तथा नवप्रवर्तन समितिमा आमन्त्रित सदस्य श्री यादव दाहालज्यूलाई मनोनयन गर्ने निर्णय गरिएको छ । बैठकले जियो टुरिजम प्रा.लि. लाई एशोसियट सदस्यता प्रदान गरेको छ भने आमन्त्रित सदस्यहरुमा धुलिखेल उवासंघका अध्यक्ष श्री कोमल सुन्दर श्रेष्ठ, शंखरापुर उवासंघका अध्यक्ष श्री सत्य नारायण श्रेष्ठ, डेरी एशोसियसनका अध्यक्ष श्री राजकुमार दाहाल, ललितपुर उवासंघका कार्यसमिति सदस्य श्री शर्मिला श्रेष्ठ जोशी र मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य श्री सीतादेवी भेटवालज्यूलाई मनोनित गर्ने पनि निर्णय गरिएको छ ।