सीप परीक्षणसहितको तालिम कार्यक्रम समापन । २०८२।१२।२६

सीप परीक्षणसहितको तालिम कार्यक्रम समापन । २०८२।१२।२६
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा आयोजित सीप परीक्षणसहितको तालिम कार्यक्रमको समापन गरिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक श्री यादवनाथ आचार्यज्यूको सभाध्यक्षता एवम् थाहा नगरपालिकाका प्रमुख श्री विष्णु बहादुर विष्टज्यूको प्रमुख आतिथ्यता, उपप्रमुख श्री भरत गोपालीज्यूको विशेष आतिथ्यतामा भएको समापन कार्यक्रममा तालिम ग्रहण गरेका सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि विष्णु बहादुर विष्टज्यूले सहभागी सबै प्रशिक्षार्थीहरुलाई उद्यमी बन्न अभिप्रेरित गर्नुहुँदै प्रमाणपत्रको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो । समापन मन्तव्य राख्नुहुँदै सभाध्यक्ष यादवनाथ आचार्यज्यूले प्रमाणपत्रलाई सिरानीमुनि राख्नु भन्दा पनि यसको प्रयोगबाट भोलिका दिनमा आफ्नो उज्वल भविष्य कोर्नुपर्ने बताउनुभयो । समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नि. कोषाध्यक्ष श्री कविराज खत्री, कार्यकारी निर्देशक श्री विवेक मानन्धर, प्रशिक्षक श्री आरती श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र मान प्रधानज्यू लगायतको उपस्थिति रहेको थियो ।