सचिवालयको लागि जग्गा खरिद गर्न सहयोगको प्रतिबद्धता प्राप्त ! २०८३/०३/०७

सचिवालयको लागि जग्गा खरिद गर्न सहयोगको प्रतिबद्धता प्राप्त ! २०८३/०३/०७

‎नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका जिल्ला नगर उपाध्यक्ष श्री कृष्ण कुमार गुप्ताज्यूले प्रदेश महासङ्घको सचिवालय भवन निर्माणका लागि करीब १ कठ्ठा जग्गा बराबरको रकम आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले केन्द्रीय महासङ्घका अध्यक्ष श्री अन्जन श्रेष्ठज्यू समक्ष प्रतिबद्धता पत्र बुझाउनु भएको हो । उक्त अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष श्री सुर कृष्ण बैद्यज्यू, जिल्ला नगर उपाध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यू, बागमती प्रदेश महासङ्घका अध्यक्ष श्री वेद बहादुर श्रेष्ठज्यू एवम् केन्द्रीय सदस्यज्यूहरुको पनि उपस्थिति रहेको थियो ।