राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा प्रदेश सरकारको भूमिका र निजी क्षेत्रको सहकार्य विषयक छलफल कार्यक्रम सम्पन्न । २०८३।०३।०६ गते

राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा प्रदेश सरकारको भूमिका र निजी क्षेत्रको सहकार्य विषयक छलफल कार्यक्रम सम्पन्न । २०८३।०३।०६ गते
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजना एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र महालक्ष्मी नगर उद्योग वाणिज्य संघको समन्वयमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा प्रदेश सरकारको भूमिका र निजी क्षेत्रको सहकार्य विषयक छलफल कार्यक्रम महालक्ष्मी नगर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यक्रम अनुसार राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम महालक्ष्मी नगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको हो । 
अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, यसको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास, यसको कार्यान्वयनमा प्रदेश सरकार र निजी क्षेत्रको भूमिका र रोजगारदाता सम्बन्धी अनलाईन डाटाबेस सिष्टमको विषयहरुमाथि चर्चा गरिएको थियो । सामाजिक विकास मन्त्रलयका अधिकृत उपेन्द्र राईज्यूले संचालन गर्नुभएको छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यावसायिक योग्यता प्रणाली परियोजनाका वरिष्ठ अनुगमन अधिकृत श्री सुरेन्द्र कुमार रामज्यूले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको संक्षिप्त जानकारी, यसको आवश्यकता र कार्यान्वयनमा निजी क्षेत्रको भूमिका, आरपिएल प्रविधिबाट सीप परीक्षण र रोजगारीको लागि अनलाईन डाटाबेस सिष्टम, प्रदेशमा त्ख्भ्त् कार्यान्वयनको अवस्था, प्रदेश सरकारको प्राथमिकता, राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा प्रदेश सरकारले गरेका पहलहरुको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका बस्तुगत उपाध्यक्ष श्री प्रेमहरि मैनालीज्यू, महालक्ष्मी नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य श्री नविन्द्र देव सिं, महालक्ष्मी नगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख श्री कमल खनालज्यूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरु गरी ५१ जना उपस्थित थिए ।