नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको दोश्रो बैठक सम्पन्न । २०८३।०१।३०

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको दोश्रो बैठक सम्पन्न । २०८३।०१।३०
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको दोश्रो बैठक हेटौंडास्थित प्रदेशको सचिवालयमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष वेद बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न समितिहरु गठन गर्ने निर्णय समेत गरेको छ । भवन निर्माण समितिमा अध्यक्ष वेद बहादुर श्रेष्ठ, जिल्ला नगर परिषद्मा उपाध्यक्ष कृष्ण कुमार गुप्ता, रोजगारदाता परिषद्मा उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ, बस्तुगत परिषद्मा उपाध्यक्ष प्रेमहरि मैनाली, आर्थिक तथा सचिवालय व्यवस्थापन समितिमा कोषाध्यक्ष रुद्र बहादुर खत्री, मेला समितिमा कार्यकारिणी सदस्य राजन कार्की, सूचना प्रविधि तथा प्रकाशन समितिमा कार्यकारिणी सदस्य कृष्ण मुरारी न्यौपाने, कृषि समितिमा कार्यकारिणी सदस्य राजकुमार कँडेल, विपद् व्यवस्थापन, स्वास्थ्य एवम् सामाजिक समितिमा कार्यकारिणी सदस्य जय प्रकाश श्रेष्ठ, कर तथा राजस्व समितिमा कार्यकारिणी सदस्य उत्तम शर्मा ढकाल, उद्योग वाणिज्य तथा आपूर्ति समितिमा कार्यकारिणी सदस्य नविन्द्र देव सिं, संस्कृति तथा पर्यटन समितिमा कार्यकारिणी सदस्य ज्योतिरत्न बज्राचार्य, लघु तथा घरेलु उद्योग समितिमा कार्यकारिणी सदस्य सदिस श्रेष्ठ, बैंक तथा बीमा समितिमा कार्यकारिणी सदस्य विष्णु खनाल र महिला उद्यमी विकास समितिमा कार्यकारिणी सदस्य श्रृजना श्रेष्ठले संयोजकको जिम्मेवारी प्राप्त गर्नुभएको छ । बैठकले सचिवालय भवन निर्माणकालागि उपयुक्त जग्गाको खोजी गर्ने लगायतका अन्य विभिन्न निर्णयहरु पनि गरेको छ ।