नेउवामहासंघ बागमती प्रदेश कार्यकारिणी समितिको बैठक सम्पन्न, विभिन्न समितिहरु गठन

नेउवामहासंघ बागमती प्रदेश कार्यकारिणी समितिको बैठक सम्पन्न, विभिन्न समितिहरु गठन

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको दोस्रो बैठक हेटौ‌डामा सम्पन्न भएको छ ।

 

अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको बैठकले विभिन्न निर्णय भयो ।  वैठकले  बिभिन्न निर्णय गरेको छ ।

 

महासंघको बागमती प्रदेश सचिवालय भवनको व्यवस्था नभएसम्मको लागि मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा राख्ने  निर्णय भएको छ । सचिवालय व्यवस्थापनको लागि नेउवामहासंघ बागमती प्रदेशका कार्यकारिणी समिति सदस्य जीवनकाजी माकजु श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

 

अध्यक्षबाट विधान व्यबस्था भए अनुसार निम्न व्यक्तिहरुलाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरियो ।
क) प्रतिमा भट्ट, गुर्खा इन्काउन्टर प्रा.लि.
ख) राजु श्रेष्ठ, अध्यक्ष, उद्योग वाणिज्य संघ चितवन
ग) बोधनाथ दुवाडी, नि. अध्यक्ष, धादिङ उवासंघ
घ) गेल्बु शेर्पा, अध्यक्ष, उद्योग वाणिज्य संघ, जिरी

 

समिति गठन

विधानमा व्यबस्था भए अनुसार निम्न पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु संयोजक रहने गरी समिति गठन गर्ने निर्णय भएको छ ।
१. सीप तथा तालिम समिति‑सविन श्रेष्ठ, उपाध्यक्ष
२. राजस्व समिति‑दुर्गाराज श्रेष्ठ उपाध्यक्ष
३. मेला महोत्सव तथा प्रदर्शनी ‑गुणराज श्रेष्ठ,कोषाध्यक्ष
४. घरेलु तथा साना उद्योग समिति‑श्यामथापा
५. सचिवालय व्यवस्थापन समिति‑जीवनकाजी माकजु श्रेष्ठ
६. सूचना सञ्चार प्रविधि तथा प्रकाशन समिति‑कैलाश पलाञ्चोके
७. वाणिज्य तथा आपूर्ति समिति‑शिव प्रसाद मानन्धर
८. उद्योग समिति‑वीरेन्द्रनाथ भटृराई
९. रोजगारदाता समिति‑प्रदीपमान प्रधान
१०. महिला विकास समिति‑प्रतिमा भटृ
११. यातायात तथा पारवहन समिति‑गेल्वु शेर्पा
१२. कृषि विकास समिति‑बोधनाथ दुवाडी
१३. पर्यटन समिति‑राजु श्रेष्ठ

 

भावी कार्यक्रम सम्बन्धमा

बागमती प्रदेशभित्र उद्योग व्यवसायको विस्तार, व्यवसायिक हक हित संरक्षण तथा व्यवसायिक क्रियाकलापको प्रवद्र्धन लगायतमा आवश्यक कार्यका लागि प्रदेश च्याप्टरलाई सकृय रुपमा अगाडी बढाउने सम्बन्धमा आवश्यक छलफल हुंदा नवगठित समितिबाट सुझाव प्राप्त भएपछि सोहि अनुसार अगाडी बढने ।

बागमती प्रदेश सचिवालय निर्माण सम्बन्धमा हेटौंडा उपमहानगरपालिकाका मेयरसंग भएको भेटवार्तामा मेयरबाट कम्तिमा २ कट्ठा जग्गा व्यवस्था गरिदिने आश्वासन पाएकाले भवन निर्माण कार्यलाई अगाडी बढाउने ।

साथै माघ ३ गते हेटौंडामा आयोजित नेपाल उद्योग वाणिज्य संघ Establishing Employer Led Labour Market Secretariat Project को प्रदेशस्तरीय सचिवालयको समुदघाटन कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।