नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आठौं प्रदेश सभा भव्य रुपमा सम्पन्न । २०८१ चैत्र १६ गते
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आठौं प्रदेश सभा हेटौंडाको एभोकाडो एण्ड अर्किड रिजोटमा भव्य रुपमा सम्पन्न भएको छ । प्रदेश महासंघका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूको सभापतित्व, नेपाल सरकार बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय शुकमाया तामाङ्गज्यूको प्रमुख आतिथ्यता, नेउवामहासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू, बरिष्ठ उपाध्यक्ष श्री अञ्जन श्रेष्ठज्यू, उपाध्यक्षद्वय श्री सुरकृष्ण बैद्यज्यू, श्री हेमराज ढकालज्यू एवम् पूर्व उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूको विशेष आतिथ्यता, नेउवामहासंघका केन्द्रीय सदस्यज्यूहरु, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्षज्यू, विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, विभिन्न बस्तुगत संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, एशोसियट सदस्य संस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, पर्यवेक्षकज्यूहरु र संचारकर्मीज्यूहरुको वृहत सहभागितामा आठौं प्रदेश सभा संचालन गरिएको हो ।
आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेश सरकारका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय सुकमाया तामाङ्गज्यूले उद्योग वाणिज्य क्षेत्रको विकासमा नेपाल उद्योग वाणिज्य महासंघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय उद्योग वाणिज्य क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा निरन्तर लागिरहेको बताउनुहुँदै उहाँले विभिन्न नीतिगत सुधारका कार्यहरु अघि बढाईएको, विभिन्न ऐनहरु संशोधनका कार्य अघि बढाईएको बताउनुभयो । आगामी आर्थिक वर्षमा बन्ने बजेटकालागि निजी क्षेत्रको सुझावको अपेक्षा राखेको बताउनुहुँदै उहाँले आपूm पनि उद्यमी भएकोले उद्योगी व्यवसायीहरुको समस्या बुझेको बताउनुभयो । उद्योग दर्तादेखि उद्यमीहरुको बस्तुको बजारको समस्या, एकद्वार प्रणाली लागू नहुँदाको समस्याहरु समाधानमा आपूmले सशक्त ढंगले अघि बढेको बताउनुहुँदै उहाँले औद्योगिक ग्राम केवल डिपिआर मै सीमित रहेकोमा यसपटक सिन्धुली र नुवाकोटमा दुईवटा औद्योगिक ग्रामको कार्य अघि बढाईएको बताउनुभयो । मन्त्रालयको कार्यक्रमहरु आयोजना गर्दा निजी क्षेत्रसंग सहकार्य समन्वय गरेर गर्दा राम्रो हुने देखिएकोले सोही अनुसार अघि बढ्न खोजे तापनि सफल हुन नसकेकोमा क्षमा माग्दै उहाँले आपूmल पुनः सो प्रयासमा लाग्ने बताउनुभयो । बजेट अभावमा कोसेली घरहरु संचालन हुन नसकेकोमा आगामी वर्ष सोकालागि यथासक्य बजेट विनियोजन गर्ने बताउनुहुँदै उहाँले आगामी वर्ष सम्भावना अध्ययन गरेर कार्यक्रमहरुको बजेट पेश गर्न पनि आग्रह गर्नुभयो । प्रदेशका मन्त्रालयहरुमा सबैभन्दा कम बजेट उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको रहेको बताउनुहुँदै आगामी वर्ष बजेट बढाउन पनि आपूmले भरमग्दुर प्रयास रहने बताउनुभयो ।
सभामा स्वागत मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष तथा प्रदेश सभाका सभापति श्री दिल सुन्दर श्रेष्ठज्यूले नेपालको सम्पूर्ण जनसंख्याको २२ प्रतिशत रहेको बागमती प्रदेशले देशको कुल ग्राहस्र्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको बताउनुभयो । देशको कुल राजस्वमा निजी क्षेत्रले मात्रै ८१ प्रतिशत योगदान दिएको बताउनुहुँदै उहाँले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्दै गरेको पनि बताउनुभयो । विशेष गरी प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, सामाजिक विकास मन्त्रालयहरुसंग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको बताउनुहुँदै उहाँले प्रादेशिक कानून बन्न ढिलाई भईरहेको विषयमा प्रमुख अतिथिज्यूको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष श्रेष्ठज्यूले बलिया उवासंघहरुले कमजोर उवासंघहरुलाई भगिनी सम्बन्ध कायम गरेर भएपनि सशक्त बनाउँदै जानुपर्ने कुरामा पनि जोड दिनुहुँदै उहाँले प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अतिथिलगायत उपस्थित सम्पूर्णलाई हार्दिक स्वागत गर्नुभएको थियो ।
शुभकामना मन्तव्य राख्नुहुने क्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आठौं प्रदेश सभाको सफलताको कामनासहित हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष श्री जुना दाहालज्यूले निजी क्षेत्रलाई पाखा लगाएर सरकार एक्लै अगाडि बढ्न नसक्ने बताउनुभयो । नेउवामहासंघ बागमती प्रदेशको सचिवालय आफ्नै वडा मातहतमा रहने कुरामा खुशी भए तापनि विविध कारणवश जग्गा फिर्ता भएकोमा आपूm दुखित रहेको पनि बताउनुभयो । उहाँले आपूmले निजी क्षेत्रलाई सधैं सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । त्यसैगरी जिल्ला नगर उवासंघहरुको तर्पmबाट आफ्नो शुभकामना मन्तव्य राख्नुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रमोद सिंह रानाभाटज्यूले उद्योग व्यवसाय धरासायी हुँदै गए बैंक वित्तिय संस्था पनि डुब्ने बताउनुभयो । बीमा कम्पनीहरुले लगाउँदै आएको अनावश्यक चर्को प्रिमियमहरुको विषयमा एकजुट हुनुपर्ने बताउनुहुँदै उहाँले विभिन्न निकायहरुमा उद्योग व्यवसाय दर्ता गर्नुपर्ने झण्झट हटाईनुपर्ने बताउनुभयो । बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलज्यूले निजी क्षेत्रको स्थिति दयनीय रहेको बताउनुहुँदै केन्द्र र प्रदेश सरकारले २५ प्रतिशत पनि पूँजीगत खर्च नसकेकोमा ध्यानाकर्षण गराउनुभयो । देशको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दै गईरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै उहाँले नयाँ बनेका औद्योगिक क्षेत्रहरु संचालनमा आउन नसक्नुले चिन्ता थपेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्यज्यूरुको तर्पmबाट श्री केशव प्रसाद भण्डारीज्यूले बजार बढ्न नसकेको, उद्योगी व्यवसायीहरु धरासायी हुँदै गएको, आर्थिक विकासको मुद्दामा कोही पनि गम्भीर हुन नसकेको, रोजगारी गुम्दै गएको प्रति चिन्ता व्यक्त गर्नुहुँदै आठौं प्रदेश सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउनुहुँदै उद्योगी व्यवसायीहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनुभयो । उद्योगी व्यवसायीहरुले राज्यलाई दिएको योगदानको कदर नभएको बताउनुहुँदै उहाँले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशलाई सचिवालय भवन निर्माणको लागि दिईसकेको जग्गा फिर्ता भएकोमा आश्चर्यचकित भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष श्री हेमराज ढकालज्यूले ८५ प्रतिशत रोजगारी प्रदान गर्ने निजी क्षेत्रको छाता संगठनको सचिवालय भवन बनाउन दिईएको जग्गा फिर्ता लिनुले निजी क्षेत्र बिना सरकार चल्न सक्दैन भन्ने कुरा कुरामा मात्रै सीमित रहेको भान भएको बताउनुभयो । निजी क्षेत्रको प्रयासमा नै संकुचित अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न कानून परिवर्तनका प्रयासहरु भएको, लगानी सम्मेलनका कार्यक्रमहरु आयोजना गरिएको बताउनुहुँदै उहाँले निजी क्षेत्रको मनोबल बढाउन सरकार लागिपर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यूले जिल्ला नगर उवासंघहरुको वृद्धि विकासको लागि छुट्टै सफ्टवेयर बनाई वितरण गरिने बताउनुहुँदै सो को लागि आवश्यक पूर्वाधार सहयोग गर्न महासंघलाई अनुरोध गर्नुभयो । राज्यलाई कर तिरेर व्यवसाय गर्ने उद्योगी व्यवसायीहरु पोके व्यापारी, बेदर्तावाल अनलाईन व्यापारीहरुबाट पीडित भएको बताउनुहुँदै करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । साना व्यवसायीहरुलाई परेको कर, बीमा लगायतका समस्याहरु उपर महासंघ अब सशक्त भएर लाग्ने बताउनुहुँदै उहाँले प्रदेश महासंघ र जिल्ला नगर उवासंघहरुको भूमिका बढाउन निर्देशिका बन्दै गरेको बताउनुभयो । महासंघमा भएका विभिन्न समितिहरुमा प्रदेशका विषयगत समितिहरुका संयोजकलाई पदेन सदस्यको रुपमा राख्ने तयारी भईरहेको पनि उहाँले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष श्री अञ्जन श्रेष्ठज्यूले बागमती प्रदेश महासंघले गरेका गतिविधिहरु देख्दा खुशी लागेको बताउनुहुँदै विशेष गरी साना तथा मझौला उद्योगी व्यवसायीहरु बढी समस्यामा रहेको बताउनुभयो । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न बागमती प्रदेश सरकारबाटै शुरुवात हुनुपर्ने बताउनुहुँदै उहाँले निजी क्षेत्रलाई साक्षी राख्ने काम भन्दा पनि निजी क्षेत्रको सुझाव कार्यान्वयन होस् भन्ने अपेक्षा गर्नुभयो । बजेट छरिएर बाँड्ने काम गर्नु भन्दा पनि निजी क्षेत्रसंग सहकार्य समन्वय गरेर कार्यक्रमहरु आयोजना गर्दा राम्रो हुने बताउनुहुँदै बागमती प्रदेश सरकारले निजी क्षेत्रसंग समन्वय सहकार्य गरेर कार्यक्रमहरु आयोजना गरेको सुन्न पाउँदा आपूmलाई खुशी लागेको बताउनुभयो । औद्योगिक क्षेत्रको भाडा वृद्धिका कुराहरुलाई प्रदेश सरकारले पनि पहल गर्नुपर्ने, बीमाको अनावश्यक प्रिमियम हटाईनुपर्ने, पुराना ऋणीहरुलाई व्याज दर कम गर्नुपर्ने कार्यमा सबै एकजुट हुनुपर्ने पनि बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यूले आपूmले बाचा गरेका धेरै कुराहरु यो दुई वर्षे कार्यकालमा पूरा गर्न सफल भएको बताउनुहुँदै महासंघको विधान संशोधन, बैंक व्याज घटाउने, लगानी सम्मेलन, कानून परिवर्तन, उच्चस्तरीय आर्थिक सुधार आयोगमा निजी क्षेत्रको संलग्नता, निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने कुरा रोक्न सफल भएको बताउनुभयो । निजी क्षेत्रको मर्यादाक्रमको कुरा पूरा गर्न बाँकी रहेको बताउनुहुँदै उहाँले ७७ जिल्लाबाट निजी क्षेत्रको १० अर्ब लगानी रहने गरी नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको शुरुवात गरिएको बताउनुभयो । महासंघले गरेको नीतिगत पहलले धेरै सफलता हात पार्न सफल भएको बताउनुहुँदै उहाँले निजी क्षेत्रले बुझाएको करले राज्य चलिरहेको बताउनुभयो । रोजगारीदेखि लिएर हरेक क्षेत्रमा नीति बनाउनेहरुले निजी क्षेत्रको मनोबल बढाउन र निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउन लाग्नुपर्ने बताउनुहुँदै प्रदेश सभाको शुभकामना व्यक्त गर्नुभयो ।
उद्घाटन सत्रको अन्त्यमा प्रमुख अतिथि नेपाल सरकार बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय सुकमाया तामाङ्गज्यूलाई नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूले मायाको चिनो प्रदान गर्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष श्री गुणराज श्रेष्ठज्यूले आठौं प्रदेश सभाको समुद्घाटन गरिदिनु भएकोमा प्रमुख अतिथिज्यू, कार्यक्रमको गरिमा बढाईदिन उपस्थित हुनुहुने विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, विभिन्न जिल्ला नगर उवासंघका अध्यक्ष र प्रतिनिधिज्यूहरु, विभिन्न बस्तुगत संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, एशोसियट संस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, पर्यवेक्षकज्यूहरु, विभिन्न संघसंस्थाका अध्यक्ष, प्रमुख एवम् प्रतिनिधिज्यूहरु, विज्ञापनदाताज्यूहरु, कर्मचारीहरु, संचारकर्मी मित्रहरुलाई बागमती प्रदेश महासंघको तर्पmबाट हार्दिक धन्यवादज्ञापन गर्नुभयो र समुद्घाटन समारोह समापन भएको घोषणा गर्नुभयो । सभाको संचालन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष श्री दुर्गाराज श्रेष्ठज्यूले गर्नुभएको थियो ।
उद्घाटन सत्रपश्चात अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूको सभाध्यक्षतामा बन्द सत्र शुरु भएको थियो । बन्द सत्रले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले वर्षभरि आयोजना गरेका कार्यक्रम तथा गतिविधिहरु समेटिएर तयार गरिएको प्रतिवेदन सर्वसम्मत अनुमोदन गरिएको छ । त्यसैगरी आ.व. २०८०।८१ को आम्दानीतर्पm रु. २२,८८,६२२।९९ र खर्चतर्पm रु. २९,३३,५५४।४५ पैसाको आय व्यय विवरण सभामा पेश गरिएकोमा सर्वसम्मत अनुमोदन गरिएको छ । लेखा परीक्षक र पारिश्रमिक तोक्ने सम्बन्धमा वि.पि. न्यौपाने एण्ड एशोसियटलाई रु. १५,०००।– (पन्ध्र हजार) मात्र प्रदान गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।
बन्द सत्रको छलफलमा महालक्ष्मी नगर उवासंघका अध्यक्ष श्री नविन्द्र देव सिंज्यूले नगर उवासंघहरु हुनुको औचित्यको विषयमा प्रश्न राख्नुभएको थियो । त्यसैगरी उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष श्री कुमार खनालज्यूले निजी क्षेत्रको मर्यादाक्रम तोकिनुपर्ने, स्थानीय सरकारसंग निजी क्षेत्रको सहकार्य हुनुपर्ने, क्लब र टोल विकास संस्थाहरुले आयोजना गर्ने मेला महोत्सव रोकिनुपर्ने र बागमती प्रादेशिक तथा दोश्रो खैरहनी महोत्सवको पेश्की आर्थिक प्रतिवेदनमा देखिएकोमा सो हरहिसाब टुंग्याउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्री सुमन कुमार श्रेष्ठज्यूले बीमा कम्पनीहरुको दादागिरी रोकिनुपर्ने, स्थानीय उद्योगहरुको प्रवद्र्धनकालागि विदेशबाट आयात हुने सामग्रीहरु रोकिनुपर्ने, नीतिहरु बारम्बार परिवर्तन भईरहने कार्य रोकिनुपर्ने कुरामा ध्यानाकर्षण गराउनुभएको थियो भने रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्री नविन कुमार थापामगरज्यूले उद्योगी व्यवसायीहरु दोहोरो करको मारमा परिरहेको र नापतौलको दर्ता नविकरणमा पनि समस्या रहेको बताउनुभयो । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष श्री अर्जुन कुमार श्रेष्ठज्यूले अन्तर प्रादेशिक उवासंघहरुको भ्रमण गरिनुपर्ने, बीमा कम्पनीहरुले पोल्ट्री फर्महरुको बीमा नगर्ने समस्या समाधानमा पहल गर्नुपर्ने बताउनुभएको थियो ।
छलफलपश्चात सहभागीज्यूहरुबाट उठेका जिज्ञासाहरुको अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठ, कोषाध्यक्ष श्री कविराज खत्री र नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यूले जवाफ दिनुभएको थियो । महासंघका उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यूले यो दुई वर्षको कार्यकालमा महासंघले धेरै कामहरु सम्पन्न गर्न सकेको र उद्योगी व्यवसायीहरुको समस्या समाधानमा अभैm प्रयासरत रहेको बताउनुहुँदै जिल्ला नगर उवासंघहरुको क्षमता अभिबृद्धिकालागि महासंघले थप कार्यक्रमहरु ल्याउन लागेको बताउनुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको आठौं प्रदेश सभाको माईन्यूट प्रमाणित गर्न उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्री सुमन कुमार श्रेष्ठज्यूलाई प्रतिनिधि नियुक्त गर्ने निर्णय गरिएको छ । उपाध्यक्ष श्री दुर्गाराज श्रेष्ठज्यूले संचालन गर्नुभएको बन्द सत्रको कार्यक्रम अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूको धन्यवादज्ञापनसहित समापन गरिएको थियो ।