नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको दशौं बैठक सम्पन्न । २०८१ चैत्र १५ गते शुक्रवार

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको दशौं बैठक सम्पन्न । २०८१ चैत्र १५ गते शुक्रवार
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको दशौं बैठक हेटौंडास्थित होटल एभोकाडो एण्ड अर्किड रिजोटमा विभिन्न निर्णयहरु गरी सम्पन्न भएको छ । अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूको अध्यक्षतामा बसेको बैठकले आठौं प्रदेश सभाको तयारीका लागि विभिन्न निर्णयहरु गरेको छ । त्यसैगरी प्रदेशको कार्यकारिणी सदस्य पदबाट केन्द्रीय सदस्य अनिल कृष्ण श्रेष्ठज्यूले दिनुभएको राजिनामा सर्वसम्मत स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त रिक्त पदमा एशोसियट सदस्य ग्लोबल मेट्रो सिटी बस प्रा.लि. को तर्पmबाट शंकर गिरीज्यूलाई पदपूर्ति गर्ने पनि सर्वसम्मत निर्णय गरिएको छ । बैठकले कार्यकारिणी सदस्य रोशनी मैंया धौवञ्जाज्यू नेउवामहासंघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएकोमा र शंकर गिरीज्यूलाई नेउवामहासंघ बागमती प्रदेशको कार्यकारिणी सदस्य हुनुभएकोमा खादा लगाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको छ ।
समितिको बैठकमा नेउवामहासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यूको विशेष आतिथ्यता रहेको थियो । उहाँले बागमती प्रदेशले राम्रा राम्रा कार्यक्रमहरु आयोजना गरिरहेकोमा बधाई दिनुहुँदै संस्थालाई मजबुत बनाउनु सबै लागि पर्नुपर्ने पनि बताउनुभयो । प्रदेश संचालनको खर्च १ लाख, पूँजीगत खर्च १ लाख र कर्मचारी पारिश्रमिक खर्च छुट्टै दिनुपर्ने कुरामा पहल भईरहेको बताउनुहुँदै उहाँले प्रदेशलाई सक्षम र आत्मनिर्भर बनाउन निर्देशिका समितिलाई जोड दिएको बताउनुभयो । केन्द्रको विषयगत समितिहरुमा प्रदेशका विषयगत संयोजक आमन्त्रितको रुपमा राख्न पनि निर्देशिका समितिलाई जोड दिईएको बताउनुभयो । 
सबै नगर उवासंघहरुलाई समेटेपछि मात्र गाउँपालिका उवासंघ तिर जानुपर्ने, सबै उवासंघहरुलाई निःशुल्क सप्mटवेयर प्रदान गर्ने तयारी भईरहेको, सातै प्रदेशका कार्यकारी निर्देशकहरुलाई तालिम प्रदान गराउने, प्रदेशको कार्यकारी निर्देशकहरुको नियुक्तिको विषयमा कर्मचारी नियमावलीमा संशोधन गर्ने तयारी भईरहेको पनि उहाँले बताउनुभयो । अहिले व्यवसायमा संकट रहेको, कर उठ्न नसकेको, सरकारले निजी क्षेत्रलाई नै जहिले पेल्ने गरेको, सरकारी कर्मचारीहरुले समस्या समाधानमा भन्दा पनि राजश्व संकलनमा बढी जोड दिने गरेको, भिसिटिएस समस्या समाधान गर्ने कोशिश भईरहेको र साना उद्योगी व्यवसायीहरुको समस्या सम्बोधनमा महासंघले सोचे बमोजिम नतिजा दिन नसकेको बताउनुभयो । साथै कर, ननफाईलर, राजस्वको विषयमा सुझाव राख्न पनि अनुरोध गर्नुभयो । महासंघमा पनि समितिहरुको गतिविधि कम रहेको बताउनुहुँदै उहाँले महासंघले जिल्ला नगरको समस्या कम सुन्ने गरेको, अनलाईन व्यवसायी र पोके व्यापारीको कारण व्यवसायीहरुलाई समस्या परिरहेको बताउनुभयो । बागमती प्रदेशस्तरीय मेलाको लागि प्रदेश मन्त्रालयसंग ५० लाखको बजेट माग गरी बृहत महोत्सव संचालन गर्ने, व्यवसाय दर्ता गर्दा उवासंघको सिफारिश पुनः लागू गर्ने विषयमा पहल भईरहेको, सबै जिल्ला नगर उवासंघहरुमा अनिवार्य महिला उद्यमी मञ्च गठन गर्नुपर्ने र क वर्गको उवासंघहरुको कार्ययोजना गोष्ठीको लागि महासंघले खर्च व्यहोर्ने पनि बताउनुभयो ।