बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन २०८१ भव्यतापूर्वक सम्पन्न । २०८१ पौष २५ र २६
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा दोश्रोपटक बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन २०८१ भव्य रुपमा सम्पन्न गरिएको छ । बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलनको समुद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय बहादुर सिं लामाज्यूले गर्नुभएको थियो । बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक श्री पुष्कर चन्द्र भट्टराईज्यूको सभाध्यक्षता, बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय बहादुर सिं लामाज्यूको प्रमुख आतिथ्यता, सामाजिक विकास मन्त्री माननीय हरिप्रभा खड्गी श्रेष्ठज्यू, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय सुकमाया तामाङज्यूको विशिष्ट आतिथ्यता, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री राजेन्द्र कुमार के.सी.ज्यू, माननीय मुख्यमन्त्रीज्यूको सल्लाहकार श्री विनोद शाहज्यू, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्री दिपक लामा, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यू, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष श्री लेखराज पोखरेलज्यू, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेशका कार्यकारी निर्देशक शान्ति लामाज्यू र नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष श्री कृष्ण सारु मगरज्यूको विशेष आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश महिला उद्यमी विकास समितिका सभापति श्री गीता अमात्यज्यूले बागमती प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीहरुलाई एकैथलोमा उपस्थित गराई सबै जिल्लाका उत्पादन, सो को बजारीकरण, स्थानीय र प्रदेश सरकारसंगको सहकार्य र स्थानीय बजारलगायत देश विदेशसम्म आप्mनो उत्पादित बस्तु बारे जानकारी, प्रचार प्रसार एवम् विक्री वितरण र स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरी महिलालाई आर्थिक सशक्तिकरण तर्पm अघि बढाउन, महिला दिदीबहिनीहरुलाई प्रोत्साहन गर्ने र महिला दिदीबहिनीहरुले उद्योग व्यवसाय शुरुवात र संचालन गर्दा भोग्नु परेका समस्याहरुको विषयमा बृहत छलफल गरी उक्त समस्याहरुको समाधानकालागि स्थानीय, प्रदेश र केन्द्र सरकारसम्म बुलन्द आवाज पु¥याउने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बताउनुहुँदै आगामी वर्षको बजेटमा महिला उद्यमीहरुको सशक्तिकरणमा विशेष जोड दिई यथेष्ट बजेट विनियोजन गरिदिन आग्रह गर्नुभयो ।
प्रमुख अतिथि माननीय बहादुर सिं लामाज्यूले अब महिला पुरुष बराबर भईसकेको बताउनुहुँदै बागमती प्रदेश सरकारले महिलाहरुको सशक्तिकरणकालागि विभिन्न पेशागत तालिम एवम् अन्य कार्यक्रमहरु ल्याएको बताउनुभयो । धेरै महिला उद्यमीहरुले सानो पूँजीबाट व्यवसाय शुरु गरि सफल महिला उद्यमी बन्न सफल भएको धेरै उदाहरण पाईएको बताउनुहुँदै उहाँले स्थानीय बजार मात्र नभई अब अन्तर्राष्ट्रिय बजारसम्म महिला उद्यमीको पहुँच पुग्नुपर्ने र यसको लागि बागमती प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । आर्थिक रुपमा सबल बन्न बनाउन महिला उद्यमीहरुले नवप्रवर्तनमा विशेष जोड दिनुपर्ने पनि उहाँले बताउनुभयो ।
विशिष्ट अतिथि माननीय हरिप्रभा खड्गी श्रेष्ठज्यूले आपूmले महिलाहरुको सशक्तिकरणकै लागि भनेर सामाजिक विकास मन्त्रालय रोजेको बताउनुभयो । सबै निकायहरुसंग सहकार्य गरेरै भए पनि महिलाहरुलाई उद्यमी बनाउन आपूmले कुनै कसर नछोड्ने पनि उहाँले बताउनुभयो । महिला विना घर त चल्दैन, देश कसरी चल्छ भन्नुहुँदै उहाँले महिला सफल हुन आपैm सशक्त भएर लाग्नुपर्ने बतउनुभयो । राजनैतिक परिवर्तनले मात्र सबै कुरा सम्भव नहुने बताउनुहुँदै उहाँले आर्थिक परिवर्तन जरुरी रहेको बताउनुभयो ।
विशिष्ट अतिथि माननीय सुकमाया तामाङज्यूले आपूm पनि कृषि उद्यमी रहेको र उद्यमीले उत्पादनदेखि बजारीकरणसम्म भोग्नु परेका समस्याहरु बुझेको बताउनुभयो । देशको आर्थिक समृद्धिमा महिला उद्यमीको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै उहाँले महिलालाई उद्यमशील बनाउन मन्त्रालयले विभिन्न कार्यक्रमहरु ल्याईरहेको बताउनुभयो । प्रादेशिक उद्योग वाणिज्य कानून बनाउन मन्त्रालय लागिपरेको र सरोकारवालाहरुसंग नीति सम्वाद कार्यक्रम आयोजना गर्न शुरु गरिएको बताउनुभयो । पुरुषको तुलनामा महिलाहरुलाई घरधन्दा गर्दै उद्यमी बन्न सजिलो नभएको बताउनु हुँदै उहाँले सम्मेलनले महिला उद्यमीहरुलाई उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विशेष अतिथि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री राजेन्द्र कुमार के.सी. ज्यूले सरकार र निजी क्षेत्र मिलेर कार्यक्रम आयोजना गर्दा कार्यक्रम बढी प्रभावकारी भएको देखिएकोले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशसंगको सहकार्यमा यसअघिको वर्ष जस्तै यस वर्ष पनि बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन आयोजना गरिएको र आगामी दिनहरुमा पनि यसै गरी सहकार्य गरी कार्यक्रमहरु आयोजना गर्ने बताउनुभयो । आर्थिक रुपमा महिलाहरु समृद्ध भए मात्र शक्तिशाली हुने बताउनु हुँदै उहाँले गतवर्ष भन्दा यसपटक महिला उद्यमीहरुका उत्पादनको बजारीकरणमा बढी जोड दिईएको बताउनुभयो । उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रम आयोजना गर्दा पनि ७० प्रतिशत भन्दा बढी महिला उद्यमीहरु सम्मानित भएको बताउनुहुँदै उहाँले आगामी नीति तथा कार्यक्रमहरु तर्जुमा गर्नकालागि महिला उद्यमीहरुबाट उपयुक्त सल्लाह सुझावको अपेक्षा राखेको पनि बताउनुभयो ।
विशेष अतिथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेशका कार्यकारी निर्देशक शान्ति लामाज्यूले महिला उद्यमीहरुको सशक्तिकरणकालागि स्थानीय तहहरुसंग समन्वय गरी विभिन्न सीपमूलक तालिम र अन्य कार्यक्रमहरु ल्याईरहेको बताउनुभयो । फेसबुक, टिकटक, ईन्स्टाग्रामहरुमा भुल्नु भन्दा पनि महिलाहरुले त्यस्ता प्रविधिलाई अब आफ्नो व्यवसाय विस्तारमा प्रयोग गर्न सल्लाह दिनुहुँदै उहाँले महिलाहरुलाई उद्यमी व्यवसायी बनाउन महिला मैत्री उद्योग व्यवसाय नीति बन्ने अपेक्षा राखेको बताउनुभयो ।
विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूले देशको कुल ग्राहस्र्थ उत्पादनमा बागमती प्रदेशको भूमिका सबैभन्दा बढी रहेको बताउनुभयो । महिला उद्यमीका उत्पादनहरुलाई अब स्थानीय बजारमा मात्र सीमित नराखी अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्नकालागि उत्पादनहरुको ब्राण्डिङ्ग र प्याकेजिङ्गमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । गतवर्ष उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयसंगको सहकार्यमा आयोजना गरिएको ३ दिने ई–कमर्श तालिमका सहभागीहरुले आफ्ना उत्पादनहरु विदेश निर्यात गर्न सफल भएको उदाहरण दिनुहुँदै उहाँले यसरी आयोजना गरिएको सम्मेलन, तालिम, गोष्ठीहरुबाट महिला उद्यमीहरुले यथासक्य फाईदा उठाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक पुष्कर चन्द्र घिमिरेज्यूले बामगती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन आयोजना गरिएको बताउनुभयो । अघिल्लो वर्ष पनि यसै गरी प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन आयोजना गरिएकोमा यसपटक बजारीकरणमा विशेष जोड दिईएको बताउनुहुँदै उहाँले कार्यक्रम संयोजन गरिदिनुभएकोमा नेउवामहासंघ बागमती प्रदेश महिला उद्यमी विकास समिति परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । सम्मेलनकै क्रममा महिला उद्यमीहरुका समस्याहरु बुभ्mने र आगामी नीति तथा कार्यक्रमको लागि आवश्यक सुझाव पनि संकलन गरिने भएकोले सबैलाई सकृय सहभागिताको लागि अनुरोध गर्नुहुँदै सम्मेलनमा उपस्थित भई गरिमा बढाईदिनु भएकोमा सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अतिथि, संचारकर्मी मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उद्घाटन कार्यक्रमको समापन गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख श्री महेशराज पौडेलज्यू, श्री सुनिता गजुरेलज्यू, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीज्यूका सल्लाहकार तारादेवी पोखरेलज्यू, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख उद्योग अधिकृत रामप्रसाद भुषालज्यू, होटल एशोसियसन महासंघका केन्द्रीय सल्लाहकार श्री भगिरथ शर्मा खरेलज्यू, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत रमेश पौडेलज्यू, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारी, कार्यकारिणी सदस्यज्यूहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् संचारकर्मीज्यूहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका महिला उद्यमी समिति सदस्य श्री रामेश्वरी मानन्धरज्यूले संचालन गर्नुभएको थियो ।
महिला उद्यमी व्यवसायीहरुबीच एकता, मैत्रीपूर्ण सद्भाव र सामञ्जस्यतामा ल्याई व्यावसायिक क्षेत्रमा आईपर्ने समस्याहरुको समाधानार्थ नेपाल सरकार, प्रदेश सरकार, सम्बन्धित निकायहरुसंग सहकार्य गर्दै सहयोगी भूमिका निर्वाह गर्ने, महिला उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै आत्मनिर्भर बनाई स्वरोजगार बनाउन समयसापेक्ष आवश्यक सीपमूलक, आयमूलक तालिमको व्यवस्था गरी योगदान पु¥याउने, महिला उद्यमी व्यवसायीहरुको व्यावसायिक प्रवद्र्धन गर्न गराउन सेमिनार, गोष्ठी, अध्ययन अवलोकन भ्रमण, मेला प्रदर्शनी जस्ता कार्यक्रमहरु आयोजना गरी अभिप्रेरित गराउने, मुलुकमा उपलब्ध कच्चा पदार्थमा आधारित सम्भावित व्यावसायिक क्षेत्रको पहिचान गरी व्यावसायिक विकासमा सहयोग पु¥याउने उद्देश्य बोकी अघि बढेको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको व्यावसायिक प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्य लिएको छ । यसै क्रममा समितिले बागमती प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीहरु समेटी दोश्रो पटक बामगती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन आयोजना गरेको हो । बागमती प्रदेशका १३ वटै जिल्लाका गरी १३० जना महिला दिदीबहिनीहरुको भेला आयोजना गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयबाट प्राप्त बजेटबाट संयुक्त रुपमा यो कार्यक्रम प्रादेशिक राजधानी हेटौंडाको होटल एभोकाडो एण्ड अर्किड रिजोटमा २०८१ पौष २५ र २६ गते आयोजना गरिएको हो । सम्मेलनमा १३ वटै जिल्लाका २९ वटा उद्योग वाणिज्य संघहरु, उद्योग तथा वाणिज्य कार्यालयहरु, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश जस्ता संस्थाहरुसंग आवश्यक समन्वय गरी उद्यमी महिला दिदीबहिनीहरुलाई सहभागी गराईएको थियो । सम्मेलनमा १३ वटै जिल्लाका उद्यमी महिला दिदीबहिनीहरुबाट उत्पादित सामग्रीहरुको विक्री तथा प्रदर्शनीको लागि स्टलहरु निर्माण गरी प्रदर्शनी तथा विक्रि वितरण पनि गरिएको थियो ।
सम्मेलनको पहिलो दिनको समुद्घाटन पश्चात विभिन्न तालुकात निकाय तथा विषयहरुमाथि प्रस्तुतिकरण तथा उठेका प्रश्नहरुको सवाल जवाफ कार्यक्रम आयोजना गरिएको थियो । दराज नेपालका बजार प्रमुख श्री प्रशान्त बुर्लाकोटी र विक्रेता अनबोर्डिङ्ग प्रमुख नविन रानाज्यूले संयुक्त रुपमा महिला उद्यमीका उत्पादनको बजारीकरणमा अनलाईन प्लेटफर्महरुको भूमिकाको विषयमा आफ्नो प्रस्तुतिकरण पेश गर्नुभएको थियो । प्रस्तुतिकरणमा विशेषत अनलाईन प्लेटफर्महरुले वर्तमान अवस्थामा उत्पादनको बजारीकरणमा महत्व कसरी बढ्दै गईरहेको छ र यसको लागि गर्नुपर्ने तयारीको विषयहरु राखिएको थियो । प्रस्तुतिकरण पश्चात उठेका महिला उद्यमीहरुको प्रश्नहरुको जवाफ प्रशिक्षक श्री प्रशान्त बुर्लाकोटी र नविन रानाज्यूले दिनुभएको थियो । दराज नेपालबाट नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सिफारिशमा बागमती प्रदेशभित्रका महिला उद्यमीहरुका ब्राण्डिङ्गसहितको उत्पादनहरुको १ वर्षसम्म निःशुल्क विक्री वितरणमा सहयोग गर्ने प्रतिबद्धता पनि प्राप्त भएको छ ।
त्यसैगरी कार्यक्रमको दोश्रो दिन सफल महिला उद्यमीका कथा प्रस्तुतिकरणकालागि पूर्व सभासद एवम् सफल महिला उद्यमी शान्ता अचार उद्योगका प्रोप्राईटर श्री शान्ता चौधरीज्यूले आफ्नो उद्योगको बारेमा बनाईएको भिडियो डकुमेन्ट्री पेश गर्नुभयो । त्यसपछि उहाँले आपूmले आफ्नो उद्योग संचालन गर्दाका दुःख कष्ट, भोग्नु परेका चुनौतीहरु र आपूmले आफ्नो उद्योगलाई सफलताको शिखरसम्म पु¥याउन गरेको प्रयासको बारेमा मन्तव्य राख्नुभयो । कमलरी जीवनबाट सभासद हुँदै सफल उद्यमी बन्न गरेको चौधरीज्यूको मेहनतले महिला उद्यमी दिदीबहिनीहरुले उच्च प्रेरणा प्राप्त गरेका छन् । महिला उद्यमी दिदीबहिनीहरुबाट उठेका विभिन्न प्रश्नहरुको उहाँले जवाफ दिनुभएको थियो ।
त्यसैगरी महिला उद्यमीका उत्पादनहरुको निर्यात सम्भावना तथा प्रकृयाको विषयमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका बरिष्ठ अधिकृत श्री कृष्णराज बजगाईंज्यूले आफ्नो प्रस्तुतिकरण पेश गर्नुभएको थियो । औद्योगिक नीति, आयकर सम्बन्धी व्यवस्था, अन्तर्राष्ट्रिय बजार प्रवेशमा नेपालको अवसर, उत्पादित सामग्रीहरुको ब्राण्डिङ्ग, लेबलिङ्ग र प्याकेजिङ्ग लगायत निर्यात गर्दा भन्सार लगायत अन्य सम्पूर्ण प्रकृयाहरुको विषयमा प्रस्तुतिकरण केन्द्रीत रहेको थियो । निकासी गर्दा आईपर्ने समस्याहरुको विषयमा उठेका महिला उद्यमी दिदीबहिनीहरुको जिज्ञासा बरिष्ठ अधिकृत बजगाईज्यूले शान्त पार्नुभएको थियो ।
त्यसैगरी उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख श्री सुनिता गजुरेलज्यूले महिला उद्यमीहरुको वर्तमान अवस्था, महिला उद्यमीहरुलाई बजेटमा उच्च प्राथमिकता, संघीय औद्योगिक नीति, औद्योगिक व्यवसाय ऐन, महिला उद्यमशीलता कोष, प्रादेशिक औद्योगिक व्यवसाय ऐन, प्रविधि हस्तान्तरण सम्बन्धी कार्यविधि, सीप विकास तालिम, उद्यमी सम्मान कार्यक्रम, सुधार गर्नुपर्ने पक्षहरुको विषयमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो । प्रस्तुतिकरण पश्चात महिला उद्यमीहरुबाट उठेका सवालहरुको जवाफ दिनुहुँदै महाशाखा प्रमुख गजुरेलज्यूले आगामी वर्षहरुमा पनि महिला उद्यमीका समस्याहरु बुझेर कार्यक्रमहरु बनाईने बताउनुभयो ।
थप कार्यक्रममा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयबाट उद्यमी सम्मानमा सर्वोत्कृष्ट हुनु भई रु. १ लाख नगद पुरस्कार पाउन सफल काभ्रे जिल्लाका महिला उद्यमी व्यवसायी श्री कमला लामाज्यूको आफ्नो भिडियो डकुमेन्ट्री पेश गर्नुभयो । साथै उहाँले आपूmले नवप्रवर्तनको क्षेत्रमा हात हालेपश्चात पाएको सफलताको कथा पनि सुनाउनुभयो । खेर फालिने भोगटेको बाहिरी बोक्राबाट खान योग्य भोगटे क्याण्डी बनाई संसारलाई नयाँ स्वाद पस्किन सफल भएको आफ्नो कथा पेश गर्नुहुँदै उहाँले सबै महिला उद्यमीहरुलाई लगनशील भई लागिपरेमा सफल हुन सकिने बताउनुभयो । त्यसैगरी खोकनाका महिला उद्यमी श्री अमला तुलाधरज्यूले आपूmले तयार पारेको औषधिजन्य चियाको बारेमा पनि प्रकाश पार्नुहुँदै नविन कार्यमा अघि बढ्न सके महिला उद्यमीहरुलाई सफल बन्न सजिलो हुने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत श्री रमेश पौडेलज्यूले कार्यक्रमको क्रममा महिला उद्यमीहरुका प्रमुख समस्याहरु बुभ्mने र सुझावहरु पनि संकलन गरिने भएकोले उपयुक्त सुझावहरुको अपेक्षा राखेको बताउनुभयो । प्राप्त सुझावहरुकै आधारमा आगामी कार्यक्रमहरु बनाउन सहज हुने बताउनुहुँदै उहाँले सकेसम्म सबै जिल्लाको प्रतिनिधित्व हुने गरी सुझावहरु पेश गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको दोश्रो दिन बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय प्रेमभक्त महर्जनज्यूले सबै जिल्लाका स्टलहरुको अवलोकन गर्नुहुँदै आफ्नो मन्तव्य राख्ने क्रममा रोजगार श्रृजनाको लागि आफ्नो मन्त्रालयबाट पनि यथासक्य सहयोग रहने बताउनुभयो ।
सम्मेलनमा आउनुभएका सबै १३ जिल्लाकै महिला उद्यमी दिदीबहिनीहरुलाई महिला उद्यमीहरुका प्रमुख समस्याहरु एवम् महिला उद्यमीहरुलाई प्रोत्साहन दिन प्रदेश सरकारले के कस्ता नीति तथा कार्यक्रमहरु ल्याउनु पर्ला भन्ने विषयमा प्रश्नावली बनाई सबै १३ जिल्लाका महिला उद्यमीहरुको समूह बनाई सुझावहरु संकलन गरिएको थियो ।
सम्मेलनमा आउनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, प्रस्तुतिकरण पेश गर्नुहुने विभिन्न मन्त्रालय, कार्यालय, संघसंस्थाका महानुभावहरु, सफल महिला उद्यमीहरु, महिला उद्यमी विकास समितिका सदस्यज्यूहरुलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
१३ जिल्लाका महिला उद्यमी दिदीबहिनीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरि बनाईएका सामग्रीहरुलाई नै मायाको चिनो स्वरुप सबैलाई प्रदान गरिएको थियो ।
प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, प्रशिक्षकज्यूहरुलाई मायाको चिनो सभाध्यक्ष उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक श्री पुष्कर चन्द्र घिमिरेज्यू, विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यू, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश महिला उद्यमी विकास समितिका सभापति श्री गीता अमात्यज्यू, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत श्री रमेश पौडेलज्यू लगायतले प्रदान गर्नुभएको थियो ।