उद्योगी व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न । (२०८१ जेठ २०)

उद्योगी व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न । (२०८१ जेठ २०)
आ.व. २०८१÷८२ को बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रमको विषयमा उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने र उक्त नीति तथा कार्यक्रमको विषयमा छलफल एवम् उद्योगी व्यवसायीहरुको समस्याहरुको विषयमा अन्तरक्रियात्मक रुपमा छलफल गरी आगामी बजेटमा सुझाव दिने उद्देश्यका साथ उद्योगी व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । अन्तरक्रिया कार्यक्रमको समुद्घाटन बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र कुमार के.सी.ज्यूले पानमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूको सभाध्यक्षता, बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठ, नेउवामहासंघका केन्द्रीय कार्यकारिणी सदस्यहरु सविन श्रेष्ठ, अमरेश चन्द्र बैदार, मञ्जु कुमार कोजु श्रेष्ठ र ताराबहादुर कार्कीज्यूको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूले वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरु विभिन्न कारणले समस्यामा परिरहेको सन्दर्भमा आगामी बजेटमा निजी क्षेत्रका समस्याहरु सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । बागमती प्रदेश सरकारको आगामी आ.व. का लागि आएको नीति तथा कार्यक्रमहरुमा निजी क्षेत्रसंग सहकार्य गर्दै अघि बढ्ने नीति राखिएकोमा खुशी व्यक्त गर्नुभयो । निजी क्षेत्र र सरकार संगसंगै अघि बढ्न सके समग्र राष्ट्रको विकासमा सहयोग पुग्ने पनि उहाँले बताउनुभयो । सम्मेलनको समुद्घाटनपश्चात उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका शाखा प्रमुख एवम् उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका योजना अधिकृत सुनिता गजुरेलज्यूले बागमती प्रदेश सरकारको आगामी आ.व. २०८१÷८२ को उद्योग नीति तथा कार्यक्रमहरु बारे प्रस्तुतिकरण दिनु भएको थियो । उहाँले आगामी आ.व. को लागि विशेष गरी १० वटा नीतिहरु उद्योग वाणिज्य क्षेत्रसंग सम्बन्धित भएको बताउनुभयो । विशेष गरी प्रादेशिक औद्योगिक तथा वाणिज्य नीतिहरुमा समसामयिक सुधारहरु गरिने, स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गरी लगानीको वातावरण तयार गर्न लगानी बोर्ड गठनको कानूनी व्यवस्था हुने, लगानी दशकको घोषणा गरिने, निजी क्षेत्रसंग सहकार्य गरी स्टार्ट अप, प्रविधि हस्तान्तरण र परामर्श सेवासहितको उद्यमशिलता प्रवद्र्धन कार्यक्रम गरिने, इन्क्युबेसन र आईडिया ल्याब केन्द्रहरु स्थापना गरिने, बैज्ञानिक अनुसन्धान र नवप्रवद्र्धनको प्रवद्र्धन गरिने, सबै सरकारी कार्यालयहरुमा उपलब्ध भएसम्म स्वदेशी उत्पादनको प्रयोग गर्ने लगायतको नीतिहरु राखिएको उहाँले बताउनुभयो ।
प्रस्तुतिकरणपश्चात आयोजित छलफल कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य प्रेमहरि मैनाली, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी मैंया धौवञ्जाज्यूले उद्योग व्यवसायमा परेको समस्याहरु उजागर गर्नुभएको थियो । विशेष गरी सबै जिल्लामा नापतौल कार्यालय स्थापना नभएको कारण उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्या, रुग्ण उद्योग संचालनमा समस्या, डिमाण्ड शुल्क समस्या, अनावश्यक बजार अनुगमन, अनावश्यक राजस्व अनुगमन, काठमाडौं उपत्यकामा ढुवानीका गाडी रोक्न नपाउने समस्या, सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार नयाँ औद्योगिक क्षेत्रहरु संचालन गरिनुपर्ने, फर्म नविकरणका चर्को जरिवाना दरहरु कम गरिनुपर्ने, क्रसर उद्योगहरु पुनः संचालन हुनुपर्ने, कच्चा पदार्थको भन्सार दर तयारी बस्तुको भन्दा दुई तह कम हुनुपर्ने लगायतका सुझावहरु प्राप्त भएका थिए ।
साथै सिन्धुली उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, रामेछाप उद्योग वाणिज्य संघ र चितवन उद्योग वाणिज्य संघहरुका अध्यक्षज्यूहरुले उद्योगी व्यवसायीहरुको साझा समस्याहरु लिखित रुपमा प्रमुख अतिथि राजेन्द्र कुमार के.सी.ज्यूलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष स्वागतराज प्याकुरेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य अमरेश चन्द्र बैदार, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठज्यूलगायतले नीति तथा कार्यक्रमको विषयमा आ–आप्mनो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र कुमार के.सी.ज्यूले सरकार एक्लैको प्रयासले देश परिवर्तन नहुने सरकारले बुझिसकेको बताउनुहुँदै आगामी आ.व. २०८१÷८२ को नीति तथा कार्यक्रममा ११ वटा बुँदा उद्योग वाणिज्य क्षेत्रसंग सम्बन्धित रहेको बताउनुभयो । निजी क्षेत्रसंगको सहकार्य गर्दै अघि बढ्ने कार्यक्रमहरु आगामी वर्ष आउने बताउनुहुँदै उहाँले व्यवसाय मैत्री वातावरण तयार गर्न मन्त्रालय पछि नहट्ने बताउनुभयो । उद्योग वाणिज्य संघहरुबाट प्राप्त उद्योगी व्यवसायीका समस्या एवम् सुझावहरुलाई मनन गरी सोको समाधानमा मन्त्रालय प्रयासरत् रहने बताउनुहुँदै उहाँले उद्योग व्यवसाय सहज ढंगमा संचालन हुने वातावरण तयार गर्न कुनै कसर नछोडिने बताउनुभयो । प्रदेश सरकारले मात्र सबै समस्याहरु सम्बोधन गर्न नसकिने भएकोले केन्द्र सरकारसंग पनि उद्योगी व्यवसायीहरुको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तरक्रिया कार्यक्रमको समापन उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशका महाशाखा प्रमुख महेशराज पौडेलज्यूले गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश महासंघका पदाधिकारी, कार्यकारिणी सदस्यज्यूहरु, बागमती प्रदेशका १३ वटै जिल्लाका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, विभिन्न बस्तुगत संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, सरोकारवाला संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, कर्मचारीहरु समेत गरी १०७ जनाको उपस्थ्तिि रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख महेश प्रसाद पौडेल, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक पुष्कर चन्द्र घिमिरे, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसाललगायतको आतिथ्यता रहेको थियो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको उक्त कार्यक्रमको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेशले हेटौंडाको एभोकाडो एण्ड अर्किड रिजोटमा गरेको थियो ।