श्रम बजार सूचना कार्यशाला गोष्ठी सम्पन्न (२०७९ भाद्र २२)

श्रम बजार सूचना कार्यशाला गोष्ठी सम्पन्न (२०७९ भाद्र २२)
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल संघ नेपालको संयुक्त साझेदारी, ब्रिटिस काउन्सिल ः दक्षता TVET Practical Partnership Project को व्यवस्थापन तथा युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित Employers Led Labour Market Secretariat (ELMS)  द्वारा आयोजित श्रम बजार सूचना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभाध्यक्षतामा हेटौंडाको होटल सामनामा आयोजित कार्यशाला गोष्ठीमा बोल्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माानीय घनश्याम दाहालले मन्त्रालयले यस वर्ष मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बागमती प्रदेशका १०००० युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्न बजेट छुट्ट्याईएको बताउनुभयो । तालिम लिएकाहरुलाई तालिमपश्चात रोजगारी सुनिश्चित हुनुपर्ने, सो को अभिलेख राखिनुपर्ने बताउनुहुँदै मन्त्री दाहालले मन्त्रालयमार्पmत ब्युटी पार्लर, सिलाई कटाई, कम्प्युटर, प्लम्बर, इलेक्ट्रिसियन जस्ता तालिमहरु प्रदान गरिंदै आएको बताउनुभयो । जस्तोसुकै श्रमको पनि सम्मान गर्ने परिपाटीको विकास हुनुपर्ने कुरामा जोड दिनुहुँदै आगामी दिनमा उद्योग मन्त्रालयमार्पmत उद्योगमै तालिम दिई रोजगार सुनिश्चित गर्ने र सो को बजेट आप्mनो मन्त्रालयले व्यहोर्ने गरी कार्यक्रमको तयारी गरिएको पनि बताउनुभयो । श्रम नीतिको ड्राप्mट तयार गरी स्वीकृतिको लागि संघीय कानून मन्त्रालय र अर्थ मन्त्रालयमा पठाईएको बताउनुहुँदै मन्त्री दाहालले गोष्ठीमा उठेका सुझावहरुको विषयमा मन्त्रालयले सम्बोधन गर्ने बताउनुभयो । 
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् सीप विकास समितिका संयोजक हेमराज ढकालज्यूले ELMS ले सातै वटा प्रदेशमा केही समय अघि कृषि, पर्यटन र निर्माण क्षेत्र गरी ३ वटा आर्थिक क्षेत्रहरुका उद्योग प्रतिष्ठानहरुलाई लक्षित गरी विभिन्न २७ जिल्लामा श्रम बजार सूचना सर्वेक्षण गरिएको र सोही प्रतिवेदनसंग सम्बन्धित कार्यशाला गोष्ठीको आयोजना गरी सम्बन्धित क्षेत्रहरुको राय सुझाव संकलनकालागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका सहनिर्देशक तथा ELMS का युनिट संयोजक अजित गुप्ताले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन उपर छलफलको क्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मकवानपुरका बरिष्ठ उपाध्यक्ष सुवर्ण लाल श्रेष्ठ, चन्द्रावती पनेरु, जनप्रिय मा.वि. प्राविधिक शिक्षालयका संयोजक मोतीउर रहमान, नेपाल टे«ड युनियन काँग्रेसका प्रदेश उपाध्यक्ष कुमार पौडेल, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, होटल एशोसियसन मकवानपुरका कोषाध्यक्ष रविन लामालगायतले आप्mनो विचार राख्नु भएको थियो । सहभागीहरुले रोजगारीको सुनिश्चितता हुनुपर्ने, सोही अनुसार पाठ्यक्रमको विकास गरिनुपर्ने, सही व्यक्तिले तालिम लिनुपर्ने, तालिमपश्चात श्रम कार्यालयसंग जोडिनुपर्ने, समयानुकुल प्रशिक्षणहरु दिईनुपर्ने लगायतका विचार व्यक्त गरेका थिए ।
नेपाल भारत बहुप्राविधिक महाविद्यालय हेटौंडाका प्रमुख संजय यादव, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सूर्य बहादुर कँडेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोध कुमार गुप्ता, बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्तलगायतले पनि आ–आप्mनो विचार प्रस्तुत गर्नुभएको थियो । एकद्वार प्रणाली लागू नहुञ्जेल सीप मिसम्याच भईरहने, सीपलाई रोजगारीसंग जोडिनुपर्ने, पूर्वाधार तयारीपश्चातमात्र प्राविधिक शिक्षालय संचालन गरिनुपर्ने, प्रदेश र संघीय सरकारले रोजगारमुखी प्राविधिक शिक्षाको लागि नीति बनाउनुपर्ने, स्थानीय कच्चा पदार्थको उच्चतम प्रयोग गरी प्राविधिक उद्योग संचालन गरिनुपर्ने, उद्योगमा अभाव दक्ष कामदारको व्यवस्थापनमा राज्यले आवश्यक पहल गर्नुपर्ने, राष्ट्रलाई आवश्यक दक्ष कामदारहरुको परिपूर्ति पश्चात मात्र वैदेशिक रोजगारीमा पठाईनुपर्ने, शिक्षा प्रणालीको स्तरोन्नति गरिनुपर्नेलगायतका विषयमा आ–आप्mनो मन्तव्य राख्नुभएको थियो ।
धन्यवादज्ञापन सहिति समापन मन्तव्य व्यक्त गर्नुहुँदै कार्यक्रमका सभाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले दक्ष कामदारको लागि अझै पनि नेपाली उद्योगहरुले भारतीय कामदारहरुको भर पर्नु परिरहेको, दक्ष कामदार तयार गर्न कार्यस्थलमै तालिम प्रदान गर्ने परिपाटीको विकास गर्नुपर्ने, निजी क्षेत्रसंग राज्यले सहकार्य गरी सीपमूलक तालिम प्रदान गरी रोजगारी प्रदान गर्नुपर्ने कुरामा मन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, परियोजनाका ५ वटै संस्थाहरुका केन्द्रीय, प्रदेश र जिल्लास्तरका प्रमुख एवम् प्रतिनिधिहरु, विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरु, विभिन्न टे«ड युनियनका जिल्ला प्रतिनिधिहरु, विभिन्न प्राविधिक शिक्षालयका प्रतिनिधिहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले गरेको थियो ।
Releated Attachment : 1662728543_WhatsApp Image 2022-09-07 at 3.37.41 PM.jpeg