नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रदेश सभा तथा निर्वाचन सम्बन्धी सूचना

च.नं. ३८/०७९/८०                                    
मितिः २०७९/१०/२४

श्री सदस्य महानुभावहरु,
नेउवामहासंघ बागमती प्रदेश ।
बिषयः प्रदेश उद्योग वाणिज्य महासंघको प्रदेश सभा एवं निर्वाचन सम्बन्धी सूचना पठाईएको सम्वन्धमा

महोदय,

प्रदेश उद्योग वाणिज्य महासंघको प्रदेश सभा सहित निर्वाचन कार्य सम्पन्न गर्न केन्द्रीय महासंघबाट मिति २०७९ माघ १३ को पत्र अनुसार फागुन २५ गतेभित्र प्रदेश कार्यकारिणी समितिको निर्वाचन कार्य सम्पन्न गर्नु भनि निर्देशन अनुसार प्रदेश कार्यकारिणी समितिको वैठकले यही २०७९ साल फागुन २४ गते बुधवार प्रदेश सभा र फागनु २५ गते विहिवारका दिन निर्वाचन हेटौंडामा गर्ने गरि निर्णय भए अनुसार प्रदेश सभाको सूचना पठाईएको छ ।

प्रदेश महासंघको यस प्रदेश सभामा महासंघको विधान २०४९ (छैठौं संशोधन सहित) को दफा ४१.१(ग) र प्रदेश नियमावलीको नियम १६,१७,१९ र ३१ अनुसार अध्यक्ष, उपाध्यक्ष्ँहरु, कोषाध्यक्ष र कार्यकारिणी समितिको सदस्यहरुको निर्वाचन समेत हुने भएकोले निर्वाचन तथा अन्य कार्यक्रम निम्न अनुसार हुनेछ ।

(क)    प्रदेश सभा एवं निर्वाचन सम्वन्धी कार्यक्रमः
(क)१    २०७९ साल फागुन २४ गते बुधवार प्रदेश सभाको समुद्घाटन हुनेछ ।
(क)२    २०७९ साल फागुन २४ गते बुधवार समुद्घाटन कार्यक्रम पश्चात प्रदेश महासंघको नियमावली २०७३(प्रथम संशोधन) को नियम १६,१७ अनुसारको प्रदेश सभा सम्वन्धी कार्यक्रम सोही दिन सम्पन्न हुनेछ ।
(क)३    २०७९ साल फागुन २५ गते विहिवार निर्वाचन अधिकृतहरुले निर्धारण गरेको समय तालिका अनुसार हेटौंडामा प्रदेश महासंघको अध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष र कार्यकारिणी समितिका सदस्यहरूको निर्वाचन सम्वन्धी कार्यक्रम हुनेछ ।
(ख)    उम्मेद्वारी मनोनयन, सभामा प्रतिनिधित्व र शुल्क सम्बन्धमाः
(ख)१    यसै प्रदेश सभामा माथि खण्ड (क)३ अनुसार अध्यक्ष, उपाध्यक्ष्ँहरु, कोषाध्यक्ष र कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन हुने भएकोले अध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष र कार्यकारिणी समितिका सदस्यको निर्वाचनको लागि उम्मेद्वार मनोनयन गर्न इच्छुक सदस्य संघ÷संस्थाहरुले प्रतिनिधि शुल्क र उम्मेदवारी शुल्क सहित मनोनयन—पत्र र प्रतिनिधि—पत्र प्रदेश सभा हुनु भन्दा ७ दिन अघि अर्थात २०७९ साल फागुन १८ गते सांझ ५ः०० बजे भित्र प्रदेश महासंघको सचिवालयमा दर्ता गराई सक्नु पर्नेछ । मनोनयन र प्रतिनिधि शुल्क तोकिएको समयमा प्राप्त नभएमा त्यस्तो उम्मेदवारको मनोनयन पत्र वैधानिक मानिने छैन ।

यसै समय भित्र मनोनयन–पत्र, प्रतिनिधि–पत्र र सम्वन्धित संघको कार्यकारिणी समितिको वैठकको निर्णयको प्रतिलिपि फ्याक्स तथा ई—मेलबाट पनि पठाउन सकिनेछ । तर यी सबै कागजातको सक्कल प्रतिहरु साधारण सभा शुरु हुने ३ (तीन) दिन अघि अर्थात २०७९ साल फागुन २१ गते सांझ ५ः०० बजे भित्र प्रदेश महासंघको सचिवालयमा आई पुग्नु पर्नेछ । त्यस्तो कागजातको सक्कल प्रति प्राप्त नभएमा त्यस्ता उम्मेदवारको मनोनयन पत्र रद्द गरिनेछ ।

(ख)२    सभामा जिल्ला÷नगर उद्योग वाणिज्य संघ एवं बस्तुगत संघको हकमा अध्यक्ष्ँ स्वयं मुख्य प्रतिनिधि रहनु पर्ने व्यवस्था रहेको छ । अध्यक्ष्ँ स्वयं उपस्थित हुन नसक्ने अवस्थामा प्रदेश महासंघको नियमावली २०७३ (प्रथम संशोधन सहित) को नियम १९ को उपनियम ३ अनुसार सम्बन्धित सदस्य संघको कार्यकारिणी समितिले आपूm मध्येबाट प्रतिनिधि छानी मुख्य प्रतिनिधि सहितको प्रतिनिधिमण्डलको नाम पठाउनु पर्ने छ । साथै निर्णयको प्रमाणित प्रतिलिपि समेत प्रतिनिधि पत्र साथ संलग्न गर्नु पर्नेछ ।

(ख)३    प्रदेश महासंघको नियमावली (प्रथम संशोधन सहित)को नियम १९ को उपनियम ५ अनुसार निर्वाचनमा उम्मेदवार खडा गर्ने सदस्यहरुले आप्mनो तर्पmबाट निर्वाचनमा खडा गर्ने उम्मेदवारलाई समेत प्रतिनिधिमण्डमा समावेश गरी प्रतिनिधिमण्डल पठाउनु पर्नेछ । 

प्रदेश महासंघको प्रदेश सभामा निम्न संघ÷संस्थाबाट निम्न संख्यामा प्रतिनिधिमण्डल पठाउन सक्नेछ ः

>>   जिल्ला÷नगरस्तरीय उद्योग वाणिज्य संघहरुले मुख्य प्रतिनिधि सहित — ३ जना, (१ मुख्य प्रतिनिधि र २ अतिरिक्त प्रतिनिधि)
>>   वस्तुगत संघहरुले मुख्य प्रतिनिधि सहित — २ जना (१ मुख्य प्रतिनिधि र १ अतिरिक्त प्रतिनिधि)
>>   एशोसिएट सदस्यले मुख्य प्रतिनिधि — १ जना 

(ख)४    प्रदेश महासंघको नियमावली अनुसार एशोसिएट सदस्यको हकमा सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष्ँ, सदस्य, कार्यकारी संचालक, कार्यकारी प्रमुख, महाप्रबन्धक तहसम्मको जिम्मेवार व्यक्तिलाई मुख्य प्रतिनिधि नियुक्त गरी संस्थाको तर्पmबाट अधिकार प्राप्त व्यक्तिले मनोनयन गरी पठाउनु पर्नेछ । 

(ख)५    प्रदेश महासंघका सबै सदस्यहरुले आ.व. २०७९÷८० सम्मको वार्षिक सदस्यता शुल्क अनिवार्य रुपमा २०७९ फागुन १५ गते सांझ ५ः०० बजे सम्म बुझाईसक्नु पर्नेछ । वार्षिक सदस्यता शुल्क नबुझाएका सदस्यहरुले प्रदेश सभा तथा निर्वाचन कार्यक्रममा सहभागी हुन पाईने छैन । 

(ग)    प्रतिनिधि शुल्कः
प्रदेश सभामा भाग लिने प्रतिनिधिको लागि प्रतिनिधि शुल्क बापत संघ÷संस्थाका प्रति व्यक्ति रु. ५,०००।– (अक्षरेपी पांचहजार रुपैयां) प्रतिनिधि शुल्क लाग्ने छ । पर्यवेक्षकको रुपमा आउन चाहने प्रतिनिधिलाई प्रति व्यक्ति रु. ७,०००।– (अक्षरेपी सातहजार रुपैयां) लाग्नेछ । एउटै व्यक्ति फरक फरक संस्थाबाट प्रतिनिधित्व गर्दा अतिरिक्त शुल्क रु. १,००० ।– (अक्षरेपी एकहजार रुपैयां) बुझाउनु पर्नेछ ।

प्रदेश नियमावलीको नियम १९ को उपनियम ६ अनुसार मुख्य प्रतिनिधिले मात्र निर्वाचनमा मतदान गर्न पाउने छन् । अतिरिक्त प्रतिनिधि तथा पर्यवेक्षकले निर्वाचनमा मतदान गर्न पाउने छैनन् । 

(घ)    मनोनयन शुल्क
निर्वाचनको लागि मनोनयन गर्दा निम्न बमोजिम मनोनयन शुल्क लाग्ने छः 
क)     अध्यक्ष्ँ पदको लागि — रु. २,००,०००।– (अक्षरेपी दुईलाख मात्र)
ख)    उपाध्यक्ष पदको लागि — रु. १,२०,००० ।– (अक्षरेपी एकलाख बीसहजार रुपैयां)
घ)    कोषाध्यक्ष पदको लागि — रु. १,२०,००० ।– (अक्षरेपी एकलाख बीसहजार रुपैयां)
ग)    कार्यकारिणी समिति सदस्य पदको लागि — रु. ३०,०००।– (अक्षरेपी तीसहजार रुपैयां)
(उम्मेदवारी फिर्ता लिए पनि उम्मेदवारी वापतको शुल्क फिर्ता हुने छैन ।)
 
(ङ)    मनोनयन हुने उम्मेदवारको लागि आवश्यक योग्यता 
अध्यक्ष, उपाध्यक्ष्ँ, कोषाध्यक्ष र कार्यकारिणी समिति सदस्य पदको लागि उम्मेद्वार हुन प्रदेश महासंघको नियमावली २०७३ (प्रथम संशोधन सहित)को नियम २१ को क्रमशः उपनियम १, २,३ र ४ बमोजिमको योग्यता पूरा भएको हुनु पर्नेछ । तर प्रदेश महासंघको नियमावलीको नियम ५३ अनुसार महासंघको विधान (पांचौं संशोधन) लागू हुनु भन्दा अगावै महासंघको अध्यक्ष, उपाध्यक्ष र कार्यकारिणी समिति सदस्य भई सकेकाहरुको हकमा यस नियमावली नियम २१.१(ख), २१.२(ख), २१.३(ख) र २१.४(च) मा उल्लेखित व्यवस्था लागू हुने छैन । प्रदेश नियमावलिको नियम १९को (५)
(क) को कार्यकारिणी समितिको निर्वाचनमा सदस्यको तर्पmबाट उम्मेदवार खडा गर्दा प्रदेश महासंघको सदस्यले कार्यकारिणी समितिको निर्वाचित हुने पदहरू मध्ये कुनै एक पदमा मात्र उम्मेदवार खडा गर्न पाउने छ । 

प्रस्तावः

प्रदेश सभामा विचारार्थ पेश गर्नुपर्ने प्रस्तावहरु भएमा प्रदेश सचिवालयमा २०७९ साल फागुन ११ गते भित्र आई पुग्ने गरी पठाउनु हुन अनुरोध छ ।

यस प्रदेश महासंघको प्रदेश सभामा समुद्घाटन कार्यक्रमका साथै वन्द शत्र एवं निर्वाचनको कार्य हुने भएको जानकारी गराउंदै प्रदेश सभामा भाग लिने र निर्वाचनमा उम्मेदवार खडा गर्ने संघ÷संस्थाहरुले उपरोक्त अनुसांरको व्यवस्था सहित उल्लेखित समय भित्र नै प्रतिनिधि पत्र, प्रतिनिधि शुल्क, मनोनयन पत्र, मनोनयन शुल्क, वार्षिक सदस्यता  शुल्क पठाउनु भई प्रदेश महासंघको प्रदेश सभामा सहभागी हुने व्यवस्थाका लागि अनुरोध गर्दछु ।

संलग्नः
१.    प्रदेश महासंघको वार्षिक प्रतिवेदन (प्रदेश सभामा वितरण हुने) 
२.    आ.व. २०७८÷७९ को वासलात र लेखापरीक्षकको प्रतिवेदन (प्रदेश सभामा वितरण हुने)
३.    प्रतिनिधि पत्र थान १ (एक) ।
४.    मनोनयन पत्र थान ४(चार) ।

भवदीय,

(विवेक मानन्धर)
कार्यकारी निर्देशक

बोधार्थः
श्री नेपाल उद्योग वाणिज्य महासंघ ।
श्री अध्यक्षज्यू, प्रदेश उद्योग वाणिज्य महासंघ । 
श्री उपाध्यक्ष्ँज्यूहरु, प्रदेश उद्योग वाणिज्य महासंघ ।    
श्री कोषाध्यक्षज्यू, प्रदेश उद्योग वाणिज्य महासंघ ।     
श्री कार्यकारिणी समितिका सदस्यज्यूहरु, नेउवामहासंघ ।

Click Here for Nomination and Participation Forms Download:
/ckfinder/userfiles/files/manonayan%20%26%20pratinidhi%20patra.pdf