सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुमा हार्दिक अनुरोध । (2081/06/08)

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको उपभोक्ता हित संरक्षण समितिको २०८१ आश्विन ८ गते बसेको बैठकको निर्णयानुसार बागमती प्रदेशका सबै १३ जिल्लामा चाडपर्व लक्षित अनुगमन गर्ने, अनुगमन नियमित आयोजना गर्ने, प्रादेशिक उपभोक्ता हित संरक्षण ऐन निर्माण गर्न मन्त्रालयमा अनुरोध गर्ने, उपभोक्ता सचेतना कार्यक्रमहरु आयोजना गर्ने लगायतका निर्णयहरु भएकोले सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरुले आ–आफ्ना सदस्य उद्योग प्रतिष्ठानहरु (विशेष गरी खाद्यान्न, फलफूल, तरकारी, बेकरी, माछामासु, होटल, रेष्टुरेण्ट, गरगहना, यातायात सेवा प्रदायक संस्थाहरु) लाई उपभोक्ता हित संरक्षण विपरितका कार्यहरु नगर्न नगराउन सूचित गरिदिनु हुन सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुमा हार्दिक अनुरोध छ । धन्यवाद ।

नेपाल उद्योग वाणिज्य महासंघ – बागमती प्रदेश
हेटौंडा, मकवानपुर