नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको जरुरी सूचना । २०८१ पौष ८ गते

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको जरुरी सूचना ।
२०८१ पौष ८ गते

बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यक्रम अनुसार यस नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले दक्ष जनशक्ति उत्पादन हेतु सिलाई कटाई सम्बन्धी सीप सिकेका÷जानेका ३० जना महिला दिदीबहिनीहरुलाई लक्षित गरी तह १ (Level 1) को राष्ट्रिय सीप परीक्षण समिति (NSTB) बाट निःशुल्क सीप परीक्षण गराईने र सीप परीक्षणमा उत्तीर्ण भई उत्कृष्ट १५ जना महिला दिदीबहिनीहरुलाई व्यवसाय संचालन गर्न प्रविधि हस्तान्तरण समेत गरिने भएकोले उक्त सीप परीक्षण कार्यक्रममा सहभागी हुन ईच्छुक महिला दिदीबहिनीहरुले यही २०८१ पौष २३ गते मंगलवार कार्यालय समयभित्र फर्म भरी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय हेटौंडा वा थाहानगर उद्योग वाणिज्य संघको सचिवालय, शिखरकोटमा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ । सीप परीक्षण थाहानगरपालिकामा हुनेछ । विस्तृत जानकारीको लागि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय हेटौंडा ४ वा थाहानगर उद्योग वाणिज्य संघको सचिवालय शिखरकोटमा सोभैm सम्पर्क राख्न सक्नुहुनेछ ।
फर्म भर्न आवश्यक कागजातहरुः 
१.     नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ थान ।
२.    हालसालै खिचिएको पासपोर्ट साईजको एकैखालको फोटो २ थान ।
३.    तालिम वा अनुभवको प्रमाणपत्र (तालिम प्रमाणपत्रको हकमा CTEVT का आंगिक, साझेदार तथा सम्बन्धन प्राप्त पेशा व्यवसायको सम्बन्धित शिक्षण संस्थाबाट जारी भएको तथा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागले प्रदान गरेका कम्तिमा १ वर्ष पहिलाको प्रमाणपत्रको प्रतिलिपि मात्र) र अनुभवको हकमा नेपाल सरकार, सरकारी वा अर्धसरकारी संस्था वा नेपाल सरकारमा दर्ता पान वा भ्याट नम्बर प्राप्त निजी रोजगारदाता संस्था÷उद्योगी व्यवसायीले सम्बन्धित पेशा÷व्यवसायमा काम गरेको वा गरिरहेको स्पष्ट खुलाईएको कम्तिमा १ वर्ष अवधिसहितको प्रमाणपत्र वा पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
४.    सीप परीक्षणका लागि आवश्यक कागजात अपुग रहेको तथा तोकिएको समयभित्र दर्ता नभएका र रित नपुगेका आवेदन फारामहरु स्वतः रद्द हुनेछन् ।
५.    पहिलो आउने प्रशिक्षार्थीहरुलाई पहिलो प्राथमिकता दिईनेछ । ३० वटा भन्दा बढी आवेदन लिईने छैन ।
६.    उत्कृष्ट १५ जनामा दलित, जनजाति, अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकता प्रदान गरिनेछ ।
थप जानकारीको लागि ः
कविराज खत्री, कोषाध्यक्ष, नेउवामहासंघ बागमती प्रदेश ः ९८५११९७३३३
विवेक मानन्धर, कार्यकारी निर्देशक, नेउवामहासंघ बागमती प्रदेश ः ९८५५०९४७७७
मोहन मान प्रधान, कार्यकारी सचिव, थाहानगर उवासंघ ः ९८४५६८८६७२