नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उद्योग, फर्म नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना !

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अत्यन्त जरुरी सूचना !!

यस नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सकृयता, सशक्त पहल र पैरवीका कारण यस वर्षदेखि प्राईभेट फर्म, साझेदारी फर्म तथा व्यवसाय गर्ने कम्पनीहरुको दर्ता दस्तुर रकम साविककै राख्न र जरिवाना दस्तुरको रकमहरु उल्लेखनीय रुपमा कम गर्न सफल भएको जानकारी गराउँदै दर्ता दस्तर र नविकरण दस्तुरहरु तपसील बमोजिम रहेको व्यहोरा सम्पूर्ण उद्योगी व्यवसायीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै लामो समयदेखि फर्म दर्ता गरी नविकरण नगरेका उद्योग, प्राईभेट तथा साझेदारी फर्म र व्यवसायले प्रदेश आर्थिक ऐन २०८१ को दफा १५ को उपदफा १, २ र ३ बमोजिम आ.व. ०७७÷७८, ०७८÷७९ र ०७९÷८० को नविकरण दस्तुर र जरिवाना यही २०८१ पौष मसान्तभित्र बुझाएमा सो भन्दा अघिका वर्षहरुमा बुझाउनुपर्ने जरिवाना मिनाहा गरी नविकरण दस्तुरमा पनि ५०% छुट प्रदान गरिने भएकोले उक्त सुवर्ण अवसरको सदुपयोग गर्नु हुन पनि सम्बन्धित उद्योगी व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

प्राईभेट फर्म तथा व्यवसाय गर्ने कम्पनीको दर्ता तथा नविकरण दस्तुर बारे जानकारी लिन तलको लिंकमा क्लिक गर्नुहोस् ।

पुनश्चः 
१.     कुनै महिला, अपाङ्गता भएको व्यक्ति वा दलित, अल्पसंख्यक वा लोपोन्मुख समुदायको व्यक्तिले कुनै प्राईभेट फर्म रजिष्ट्रेशन गर्न चाहेमा प्रचलित कानून बमोजिम उक्त फर्म रजिष्ट्रेशन गर्दा लाग्ने दस्तुरमा ५०% छुट पाईनेछ तर यसको लागि नेपाल सरकारको निकाय वा स्थानीय तहबाट पहिचान खुल्ने प्रमाण पेश गर्नुपर्ने हुन्छ । (प्रदेश आर्थिक ऐन २०८१ को दफा १५ को उपदफा १ र २ बमोजिम)

२.    कम्पनीहरु उद्योग वाणिज्य कार्यालयमा दर्ता हुन जाँदा उद्योग तथा व्यापारिक फर्महरुलाई पूँजी अनुसार माथि उल्लेखित बमोजिम दर्ता दस्तुर लाग्नेछ भने दर्ता÷नविकरण अवधि ५ वर्षको हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेश
हेटौंडा, मकवानपुर