नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सदस्यता नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा संचालन सम्बन्धी नियमावली, २०७३ को परिच्छेद ३ को ९ (घ) बमोजिम लगातार ३ वर्ष सदस्यता नविकरण नगरेमा सदस्यता खारेज हुने व्यवस्था रहेकोले यस प्रदेश अन्तर्गत सदस्यता प्राप्त गरी नविकरण नगर्नु भएका सदस्य प्रतिष्ठानहरुले यथाशीघ्र सचिवालयमा सम्पर्क राखी नविकरण गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । संस्थाले नविकरण गर्नकालागि ईमेल, भाईबर, व्वाट्सएप र भौतिक रुपमा पत्राचार पनि गरिसकेको र पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी नविकरण गर्नु हुन अनुरोध गरिन्छ । नविकरणको रकम यस संस्थाको तपसील बमोजिम खाता नम्बरमा नगद, आईपिएस, चेक वा अन्य कुनै माध्यमबाट जम्मा गरी भौचर वा जम्मा गरेको प्रमाणको फोटो यस संस्थाको ईमेल ठेगानामा पठाउन पनि सकिने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

खाताको नाम : FNCCI Bagmati Province
बैंकको नाम : सिद्धार्थ बैंक लि., त्रिपुरेश्वर शाखा
खाता नं. : ००६१५१०५६५१

संस्थाको ईमेल ठेगानाः fnccibagmatiprovince@gmail.com

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश
हेटौंडा, मकवानपुर
बागमती प्रदेश, नेपाल ।
फोन नं. ०५७–५२१२६०, ९८४५१६४३६४