प्राईभेट फर्म तथा कम्पनी नविकरण शुल्क मिनाहा सम्बन्धी अत्यन्त जरुरी सूचना

प्राईभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ तथा कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका आर्थिक वर्ष २०७६÷०७७ सम्मको वार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका फर्म तथा कम्पनीले यही २०७९ साल पौष मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकम बुझाएमा बाँकी जरिवाना तथा शुल्क मिनाहा हुने व्यवस्था गरिएकोले उक्त सुअवसरको सदुपयोग गर्नुहुन अद्यावधिक नभएका फर्म तथा कम्पनीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

नेपाल उद्योग वाणिज्य महासंघ – बागमती प्रदेश
चेम्बरमार्ग, हेटौंडा – २
मकवानपुर, बागमती प्रदेश
नेपाल ।