नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रदेश सभा र निर्वाचन कार्यक्रम सम्बन्धी सूचना

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रदेश सभा र निर्वाचन कार्यक्रम सम्बन्धी सूचना
मिति २०८२ चैत्र १५ गते
२०८२ चैत्र २३ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा र २४ गते हुने अध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष र कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन गर्ने बारे नेपाल उद्योग वाणिज्य महासंघ बामगती प्रदेशको सचिवालयबाट परिपत्र र सूचना २०८२ चैत्र ८ मा पठाई सकिएको÷प्रकाशित गरि सकिएको छ । निर्वाचन समितिबाट देहाय बमोजिम निर्वाचन कार्यक्रम तालिका तय भएकोले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सबै सदस्य संघ÷संस्थाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सि.नं.    कार्यक्रम    मिति र समय
१.    मतदान गर्न पाउने सदस्य संघ÷संस्थाहरुको नामावली प्रकाशन    २०८२ चैत्र १७ गते विहान १० वजे
२.    मतदान गर्न पाउने सदस्य÷संघसंस्थाहरुको नामावली उपर दावी विरोध    २०८२ चैत्र १७ गते दिउँसो १ वजेसम्म
३.    मतदान गर्न पाउने सदस्य संघ÷संस्थाहरु विरुद्ध परेको दावी विरोध उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन    २०८२ चैत्र १७ गते साँझ ५ बजे
४.    उम्मेद्वारहरुको मनोनयन पत्र दाखिला 
(ईमेल÷फ्याक्सबाट) शुल्कसहित    २०८२ चैत्र १६ गते साँझ ६ बजेसम्म
५.    उम्मेद्वारहरुको मनोनयन पत्र दाखिला 
(सक्कल कागजातसहित)    २०८२ चैत्र २० गते साँझ ६ बजेसम्म
६.    उम्मेद्वारहरुको सक्कल कागजात जाँचबुझ गरी पहिलो सूची प्रकाशन    २०८२ चैत्र २१ गते विहान १० बजे
७.    उम्मेद्वारी मनोनयन पत्र उपर दावी विरोध    २०८२ चैत्र २१ गते विहान १० बजेदेखि १ बजेसम्म
८.    उम्मेद्वार मनोनयन उपर परेको दावी विरोध उपर छानबिन एवम् निर्णय गरी दोश्रो सूची प्रकाशन    २०८२ चैत्र २१ गते साँझ ६ बजे
९.    उम्मेद्वारले मनोनयन फिर्ता लिने     २०८२ चैत्र २२ गते दिउँसो ३ बजेसम्म
१०.    उम्मेद्वारको अन्तिम नामावली प्रकाशन    २०८२ चैत्र २२ गते दिउँसो ४ बजे
११.    निर्वाचन    २०८२ चैत्र २४ गते विहान १० बजेदेखि ३ बजेसम्म
१२.    मतगणना    मतदान सम्पन्न भएपछि
१३.    निर्वाचन नतिजाको घोषणा    मतगणना सम्पन्न भएपछि

नोट ः 
१.    तोकिएको समयभित्र नविकरण शुल्क नबुझाएका र विधान अनुसार कुनै पनि प्रदेश सभामा भाग नलिएका सदस्य संघ÷संस्थाहरुले मतदान गर्न पाउने छैन ।
२.    २०८२ चैत्र २४ गतेको निर्वाचन कार्यक्रम हेटौंडा–२ स्थित अर्किड रिसोर्टमा र सो अघिका सम्पूर्ण कार्यक्रम नेउवामहासंघ बागमती प्रदेशको सचिवालय, हेटौंडा–२ मा सम्पन्न हुने व्यहोरा सूचित गरिन्छ । 
३.    प्राविधिक कारणले प्रकाशित कार्यक्रम अनुसारको समयमा कुनै कार्यक्रम सम्पन्न हुन नसकेमा निर्वाचन समितिले तत्काल अर्को सूचना प्रकाशित गर्नेछ । निर्वाचन कार्यक्रम तोकिएको दिनमा आकस्मिक वा सार्वजनिक विदा परेमा पनि निर्वाचन कार्यक्रम रोकिने छैन ।
४.    उम्मेद्वारी मनोनयन पत्र दर्ता गर्दा मनोनयन पत्रको साथमा देहायका कागजातहरु अनिवार्य पेश गर्नुपर्नेछ ।
क.    सम्बन्धित संघ÷संस्थाको तर्पmबाट उम्मेद्वारी मनोनयन गर्न चाहनेले सम्बन्धित संघ÷संस्थाको कार्यकारिणी समिति÷संचालक समितिबाट उम्मेद्वारी खडा गर्ने विषयमा भएको निर्णयको प्रमाणित प्रतिलिपि र उम्मेद्वारको फोटो ।
ख.    अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र कार्यकारणी समितिको सदस्य पदमा उम्मेद्वारी मनोनयन दर्ता गर्न चाहनेले नेपाल उद्योग वाणिज्य महासंघको विधान र प्रदेश महासंघको नियमावली बमोजिम योग्यता रहेको देखिने कागजपत्रको प्रमाणित प्रतिलिपि ।
ग.    एशोसियट सदस्यको तर्पmबाट उम्मेद्वारी दर्ता गर्न चाहनेले फोटोसहितको परिचयपत्र र मुख्य प्रतिनिधिको रुपमा छनौट भएको निर्णयको प्रमाणित प्रतिलिपि ।
५.    दावी विरोध उजुरी दर्ता गर्दा पुष्टि हुने प्रमाण सहित पेश गर्नुपर्ने ।
६.    अन्य विषयमा जानकारी चाहिएमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको वेबसाईट (bagmati.fncci.org) वा फेसबुक पेज (www.facebook.com/fnccibagmati मा हेर्न र मुख्य निर्वाचन अधिकृत श्री केशव प्रसाद काफ्ले (९८५५०७१८८७) ज्यूलाई सम्पर्क गर्न हुन समेत सूचित गरिन्छ ।



................................................
बरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले
मुख्य निर्वाचन अधिकृत
नेउवामहासंघ बागमती प्रदेश
(९८५५०७१८८७)