नेउवामहासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा तथा निर्वाचन सम्बन्धमा ।

च.नं. ३३३÷०८२÷८३ मितिः २०८२।१२।२०
श्री सदस्य महानुभावहरु,
नेउवामहासंघ बागमती प्रदेश ।
बिषयः नेउवामहासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा तथा निर्वाचन सम्बन्धमा ।
महोदय,
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा तथा निर्वाचन कार्यक्रम
देहायको मिति, समय र स्थानमा हुन गईरहेको व्यहोरा सूचित गर्दै प्रदेश सभामा छलफल हुने
विषय सूचि निम्न अनुसारको रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
१. नवौं प्रदेश सभा हुने मिति, समय र स्थान ः
मिति ः २०८२ साल चैत्र २३ सोमवार
समय ः दिउँसो ०३ः०० बजे
स्थान ः एभोकाडो एण्ड अर्किड रिजोट, हेटौंडा ।
२. नवौं प्रदेश सभाको कार्यक्रम तथा छलफलको विषय सूची ः
(क) प्रदेश सभाको उद्घाटन सत्र ।
(अ) रजिष्ट्रेशन ः दिउँसो २ः०० वजेदेखि ।
(आ) उद्घाटन समारोह ः दिउँसो ३ः०० वजेदेखि दिउँसो ४ः३० वजेसम्म ।
(ख) प्रदेश सभाको बन्द सत्र । (दिउँसो ५ः०० वजेदेखि ६ः३० बजेसम्म)
(अ) नेउवामहासंघ बागमती प्रदेशका अध्यक्षज्यूबाट स्वागत मन्तव्य ।
(आ) प्रदेश सभामा सहभागी हुनु हुनेहरुको गणपुरक संख्या बारे जानकारी ।
(इ) नेउवामहासंघ बागमती प्रदेशको वार्षिक प्रतिवेदनको प्रस्तुति एवम् अनुमोदन ।
(ई कोषाध्यक्षज्यूबाट आ.व. २०८१÷८२ को आय व्यय विवरण प्रस्तुत तथा अनुमोदन ।
(उ) लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने ।
(ऊ) नवौं प्रदेश सभामा विचारार्थ प्रस्तुत प्रस्तावहरूको छलफल तथा निर्णय लिने ।
(ए) नवौं प्रदेश सभाको माइन्यूटमा दस्तखतको लागि १ जना सहभागी छनौट गर्ने ।
(ऐ समापन ।
३. निर्वाचन कार्यक्रम हुने मिति, समय र स्थान ः
मितिः २०८२।१२।२४ गते मंगलवार ।
समयः विहान १० बजेबाट ।
स्थानः एभोकाडो एण्ड अर्किड रिजोट ।
नोट ः निर्वाचन अघिका पूर्व निर्धारित कार्यक्रमहरु तोकिएकै दिनहरुमा हुनेछन् ।
धन्यवाद । 
बोधार्थः
श्री नेपाल उद्योग वाणिज्य महासंघ ।
श्री अध्यक्षज्यू, नेउवामहासंघ बागमती प्रदेश ।
श्री उपाध्यक्षज्यूहरु, नेउवामहासंघ बागमती प्रदेश । 
श्री कोषाध्यक्षज्यू, नेउवामहासंघ बागमती प्रदेश । 

भवदीय,
विवेक मानन्धर
कार्यकारी निर्देशक