नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको हार्दिक अपील ! २०८३।०५।१०


भोटेकोशी नदिमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग, गोरखा, चितवनलगायतका जिल्लाका नदि तटिय क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्णमा उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान र अनावश्यक रुपमा नदि तथा खोला किनारमा नजान आग्रह गर्दछौं । साथै बाढी पहिरोमा फसेका, उद्धारको प्रतिक्षामा रहेका तथा तत्काल सहयोग आवश्यक पर्ने नागरिकहरुले उद्धार तथा अन्य आवश्यक सहयोगकालागि टोल फ्रि हेल्पलाईन नम्बर १२३४ मा र स्वास्थ्यसंग सम्बन्धित सहयोगकालागि १११५ मा तुरुन्त सम्पर्क गर्न हुन र प्रभावित क्षेत्रमा यात्रा नगर्नु हुन पनि अनुरोध गर्दछौं ।
सम्बन्धित निकायहरुलाई समेत तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन, खोज तथा उद्धार टोली परिचालन गर्न र थप जनधनको क्षति हुन नदिन आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन हार्दिक आग्रह गर्दछौं ।
सतर्क रहौं, सुरक्षित रहौं । विपद्को यस कठिन घडीमा एकजुट भई प्रभावित नागरिकको जीवनरक्षामा सहयोग गरौं ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश
हेटौंडा, मकवानपुर