सीप परीक्षणसहितको सिलाई कटाई तालिम सम्बन्धी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको जरुरी सूचना । २०८२ पौष २५ गते

सीप परीक्षणसहितको सिलाई कटाई तालिम सम्बन्धी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको जरुरी सूचना । २०८२ पौष २५ गते

बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यक्रम अनुसार यस नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा दक्ष जनशक्ति उत्पादन हेतु थाहानगर क्षेत्रका १० जना युवाहरुलाई सिलाई कटाई सम्बन्धी तालिम संगसंगै तह १ (Level 1) को राष्ट्रिय सीप परीक्षण समिति (NSTB) बाट निःशुल्क सीप परीक्षण समेत गराईने भएकोले उक्त तालिम तथा सीप परीक्षण कार्यक्रममा सहभागी हुन ईच्छुक युवाहरुले यही २०८२ माघ ११ गते आईतवार कार्यालय समयभित्र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय हेटौंडा वा थाहानगर उद्योग वाणिज्य संघको सचिवालय, शिखरकोटमा निवेदन बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ । तालिम तथा सीप परीक्षण कार्यक्रम थाहानगरपालिकामा हुनेछ । विस्तृत जानकारीको लागि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय हेटौंडा २ वा थाहानगर उद्योग वाणिज्य संघको सचिवालय शिखरकोटमा सोभैm सम्पर्क राख्न सक्नुहुनेछ ।
फर्म भर्न आवश्यक कागजातहरुः 
१.     नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ थान ।
२.    हालसालै खिचिएको पासपोर्ट साईजको एकैखालको फोटो २ थान ।
ड्ड    पहिलो आउने प्रशिक्षार्थीहरुलाई पहिलो प्राथमिकता दिईनेछ । १० वटा भन्दा बढी आवेदन लिईने छैन ।
ड्ड    आवश्यक कागजात अपुग रहेको तथा तोकिएको समयभित्र दर्ता नभएका निवेदनहरु स्वतः रद्द हुनेछन् ।
ड्ड    दलित, जनजाति, अपांगता भएका व्यक्तिहरुलाई पहिलो प्राथमिकता प्रदान गरिनेछ ।
थप जानकारीको लागि:
कविराज खत्री, कोषाध्यक्ष, नेउवामहासंघ बागमती प्रदेश: ९८५११९७३३३
विवेक मानन्धर, कार्यकारी निर्देशक, नेउवामहासंघ बागमती प्रदेश: ९८५५०९४७७७
मोहन मान प्रधान, कार्यकारी सचिव, थाहानगर उवासंघ: ९८४५६८८६७२