IEDI Notice About Business Incubation Service

       औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
                (An ISO 9001:2015 Certified Institution)
                                            त्रिपुरेश्वर, काठमाडौं
       (प्रकाशित मिति:२०८२ पुस 11 गते )
       “व्यवसाय संवर्धन सेवा संचालन तथा व्यवस्थापन कार्यविधि-२०८२ बमोजिम
साझेदार संस्थाका लागि प्रस्ताव आह्वानको बिस्तृत विवरण
आ.व. २०८२/८३ मा व्यवसाय संवर्धन सेवा सञ्‍चालन तथा व्यवस्थापनका लागि साझेदारको रूपमा कार्य गर्न सरकारी, प्राज्ञिक (विश्‍वविद्यालय) र निजी क्षेत्रका संघसंस्थाहरूलाई व्यवसाय संवर्धन सेवा संचालन तथा व्यवस्थापन कार्यविधि,२०८२ को दफा ७ बमोजिमका कागजातहरू संलग्न गरी पन्ध्र दिनभित्र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा अनुसूची-२ भरी आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
प्रस्ताव पेश गर्दा अनुसूची-२ सँग संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु:
(क)  संस्था दर्ता प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि,
(ख)  संस्थाको विधान वा प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
(ग)  स्थायी लेखा नम्बरको प्रमाणपत्र र अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
(घ)  अनुसूची-३ बमोजिमको कवुलियतनामा,
(ङ)   कार्यविधिको दफा ३ को उपदफा (४) बमोजिम केन्द्रको विवरण,
(च)  व्यवसाय संवर्धन सेवा संचालनको लागि ३ पेजमा नबढने गरी व्यावसायिक प्रस्ताव।
नोट: प्रस्ताव प्रतिष्ठानको ईमेल:  program@iedi.gov.np मा पठाउन सकिनेछ।प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइट: https://iedi.gov.np मा राखिएको छ। भौतिक रुपमा प्रस्ताव पेश गर्न चाहनेले प्रतिष्ठानको कार्यालय, त्रिपुरेश्वरमा दर्ता गराउन सकिनेछ।
म्यादभित्र दर्ता हुन नआएका आवेदनहरूलाई मूल्याङ्कनमा समावेश गरिने छैन।
 
१. सेवा सञ्चालन: (१) यस कार्यविधि बमोजिम प्रतिष्ठानले प्रतिष्ठानबाट स्थापित केन्द्रमार्फत सेवा सञ्‍चालन तथा व्यवस्थापन गर्नेछ।
(२) प्रतिष्ठानले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँगको सहकार्य वा साझेदारीमा सेवा सञ्‍चालन तथा व्यवस्थापन गर्न सक्नेछ।  
(३) प्रतिष्ठानले विश्वविद्यालय वा शैक्षिक संस्था वा निजी क्षेत्रका संघसंस्थासँगको सहकार्य वा साझेदारीमा स्थापना भएका वा स्थापना हुने वा साविकमा स्थापना भई सञ्चालनमा रहेका केन्द्रमार्फत सेवा सञ्‍चालन तथा व्यवस्थापन गर्न सक्नेछ।
(४) उपदफा (२) र (३) बमोजिम प्रतिष्ठानसँगको सहकार्य वा साझेदारीमा सेवा सञ्चालन तथा व्यवस्थापन गर्न चाहने साझेदार संस्थाले देहायबमोजिमको न्यूनतम पूर्वाधार भएको केन्द्रको स्थापना गर्नु पर्नेछ:
  1.  कार्य सञ्चालनका लागि आवश्यक सामग्री तथा फर्निचरसहितको कार्यालय स्थल, सहयोग   कक्ष, तालिम कक्ष, बैठक कक्ष र पार्किङ स्थल,
  2. केन्द्र व्यवस्थापक एवम् मेन्टर, विद्युतीय उपकरणहरू (कम्प्युटर, कलर प्रिन्टर, फोटोकपी, स्क्यानर, प्रोजेक्टर),
  3.  द्रुतगतिको इन्टरनेटको व्यवस्था,
  4. केन्द्रले प्रवाह गर्ने सेवाको प्रकृतिको आधारमा आवश्यक हुने अन्य उपकरणहरू।
(५) प्रतिष्ठानले उपदफा (२) र (३) बमोजिम सेवा सञ्चालन तथा व्यवस्थापन गर्ने साझेदार संस्थालाई देहायबमोजिमका सेवाहरू उपलब्ध गराउन सहकार्य वा साझेदारी गर्न सक्नेछः
  (क) नवीन तथा सिर्जनशील सोच भएकालाई नयाँ वस्तु वा सेवाको विकास गर्न सहयोग गर्ने,
  (ख) कोहर्ट सञ्चालन, उद्यमशीलता तालिम, कोचिङ, मेन्टरिङ, परामर्श सेवा र अवलोकन भ्रमणमा सहयोग गर्ने
  (ग)  व्यवसायको सञ्‍जालमा आबद्ध गर्न सहजीकरण गर्ने,
  (घ) प्रशिक्षार्थी उद्यमीका लागि व्यावसायिक योजनाको विकास तथा व्यवसायिक योजनाको नियमित समीक्षा गर्न सहयोग गर्ने,
  (ङ)  व्यवसाय दर्ता र औद्योगिक सम्पत्ति दर्तासम्बन्धी सल्लाह, सुझाव तथा सहजीकरण सेवा उपलब्ध गराउने,
(च) नियमितरूपमा पिचिङ सेसन (व्यावसायिक प्रस्ताव) सञ्चालन गर्ने।
२. प्रस्ताव पेश गर्नुपर्ने : (1) यस कार्यविधि बमोजिम सहकार्य वा साझेदारीमा सेवा सञ्चालन तथा व्यवस्थापन गर्न चाहने प्राज्ञिक (विश्‍वविद्यालय) वा निजी क्षेत्रका संघसंस्थाले सूचना प्रकाशन भएको १५दिनभित्र देहायका कागजात संलग्न गरी अनुसूची-२ बमोजिमको ढाँचामा प्रस्ताव पेश गर्नु पर्नेछ :    
(क)   संस्था स्थापना वा दर्ता सम्बन्धी कागजात,
(ख)   संस्थाको ऐन, विधान वा प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
(ग)    स्थायी लेखा नम्बरको प्रमाणपत्र र अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
(घ)   अनुसूची-३ बमोजिमको कवुलियतनामा,
(ङ)     कार्यविधिको दफा ३ को उपदफा (४) बमोजिम केन्द्रको विवरण,
(च)  व्यवसाय संवर्धन सेवा संचालनको लागि ३ पेजमा नबढने गरी व्यावसायिक प्रस्ताव।
३. साझेदार संस्थासँगको अधिकतम सीमा :
प्रतिष्ठान र साझेदार संस्था बीच हुने सम्झौता बमोजिम व्यवसाय संवर्धन सेवा संचालन तथा व्यवस्थापनको लागि प्रति साझेदार संस्थासँग न्यूनतम पाँच लाखदेखि अधिकतम पन्ध्र लाख सम्म लागत साझेदारी गर्नेगरी कार्य गर्न सक्नेछ।
४. प्रस्तावको ढाँचा, पेश गर्ने स्थान र समय:
  • प्रस्ताव दुई तरिका बाट भर्न सकिने छ।(क) भौतिक माध्यम बाट (ख) इमेल मार्फत बाट।
  • इमेल माध्यमबाट प्रस्ताव भर्ना चाहनेले program@iedi.gov.np मा प्रस्ताव सहित कागजातहरु संलग्न गरी पठाउन सकिने छ।
  • प्रस्तावको ढाँचा प्रतिष्ठानको वेबसाइट: https://iedi.gov.np मा राखिएको छ।भौतिक रुपमा भर्नेका लागि उक्त ढाँचा र कबुलियतनामा डाउनलोड गरी भर्न सकिने छ।
  • भौतिक रुपमा प्रस्ताव भर्न चाहनेले प्रतिष्ठानको कार्यालय त्रिपुरेश्वर, काठमाडौं कार्यालय समय भित्र हार्डकपी (Hardcopy) नै बुझाउनुपर्ने छ।
  • प्रस्ताव बुझाउने अन्तिम दिन २०८२ पुस २५ गते शुक्रबार कार्यालय समय (साँझ ३ बजे) भित्र मात्र बुझाउन सकिनेछ।
५. थप जानकारी:
  • साझेदार संस्थाका लागि छनोटमा परेका संस्थाहरुको विवरण प्रतिष्ठानको वेबसाइट https://iedi.gov.np मा राखिने छ।
  • यस सँग सम्बन्धित सम्पूर्ण सूचना प्रतिष्ठानको वेबसाइट https://iedi.gov.np मा राखिने छ।थप जानकारी लिनुपरेमा प्रतिष्ठानको वेबसाइट हेरिरहनु हुन जानकारी गराइन्छ।
  • व्यवसाय संवर्धन सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी थप जानकारीका लागि व्यवसाय संवर्धन सेवा संचालन तथा व्यवस्थापन कार्यविधि -२०८२ हेर्नुहोला।
सम्पर्क :
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
त्रिपुरेश्वर, काठमाडौं
फोन नं. ९७७–१–५३६१३३९, ५३६१४६९
वेबसाइट: https://iedi.gov.np
इमेल: program@iedi.gov.np