नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा तथा निर्वाचन कार्यक्रम
Start Date : 2026-04-06
End Date : 2026-04-07
Venue : Avocado and Orchid Resort, Hetauda
च.नं. ३०८÷८२÷८३ मितिः २०८२÷१२÷०८
श्री सदस्य महानुभावहरु,
नेउवामहासंघ बागमती प्रदेश ।
बिषयः नवौं प्रदेश सभा एवं निर्वाचन सम्बन्धी सूचना पठाईएको सम्वन्धमा ।
महोदय,
प्रदेश उद्योग वाणिज्य महासंघको प्रदेश सभासहित निर्वाचन कार्य सम्पन्न गर्न केन्द्रीय महासंघबाट मिति २०८२ चैत्र ५ गतेको परिपत्र अनुसार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यकारिणी समितिको २०८२ चैत्र ८ बसेको बैठकले यही २०८२ चैत्र २३ गते ९टतज ब्उचष् िद्दण्द्दट० सोमवार नवौं प्रदेश सभा र चैत्र २४ गते ९ठतज ब्चउष् िद्दण्द्दट० मंगलवार निर्वाचन कार्यक्रम गर्ने गरि निर्णय भए अनुसार यो प्रदेश सभाको सूचना पठाईएको छ ।
यस प्रदेश सभामा नेउवामहासंघको विधान २०४९ (सातौ संशोधन सहित) को परिच्छेद ८ र प्रदेश महासंघको नियमावली २०८२ अनुसार अध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष र कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन तथा अन्य कार्यक्रम निम्नानुसार हुनेछ ।
(क) प्रदेश सभा एवं निर्वाचन सम्वन्धी कार्यक्रमः
(क)१ २०८२ चैत्र २३ गते सोमवार प्रदेश सभाको समुद्घाटन हेटौंडामा हुनेछ ।
(क)२ २०८२ चैत्र २३ गते सोमवार समुद्घाटन कार्यक्रम पश्चात प्रदेश महासंघको नियमावली २०८२ अनुसारको प्रदेश सभा सम्वन्धी कार्यक्रम सोही दिन सम्पन्न हुनेछ ।
(क)३ २०८२ चैत्र २४ गते मंगलवार निर्वाचन अधिकृतज्यूहरुले निर्धारण गरेको समय तालिका बमोजिम हेटौंडामा प्रदेश महासंघको अध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष र कार्यकारिणी समितिका सदस्यहरूको निर्वाचन सम्वन्धी कार्यक्रम सम्पन्न हुनेछ ।
(ख) उम्मेद्वारी मनोनयन, सभामा प्रतिनिधित्व र शुल्क सम्बन्धमाः
(ख)१ यस प्रदेश सभामा माथि खण्ड (क)३ अनुसार अध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष र कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन हुने भएकोले अध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष र कार्यकारिणी समितिका सदस्यको निर्वाचनको लागि उम्मेद्वार मनोनयन गर्न इच्छुक सदस्य संघ÷संस्थाहरुले आ.व. २०८२÷८३ सम्मको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र उम्मेदवारी शुल्क सहित मनोनयन—पत्र र प्रतिनिधि—पत्र प्रदेश सभा हुनु भन्दा ७ दिन अघि अर्थात २०८२ चैत्र १६ गते सोमवार कार्यालय समयभित्र बागमती प्रदेश महासंघको सचिवालय हेटौंडामा दर्ता गराई सक्नु पर्नेछ ।
यसै समय भित्र मनोनयन–पत्र, प्रतिनिधि–पत्र र सम्वन्धित संघको कार्यकारिणी समितिको वैठकको निर्णयको प्रतिलिपि ईमेलबाट पनि पठाउन सकिनेछ । तर यी सबै कागजातको सक्कल प्रतिहरु साधारण सभा शुरु हुने ३ (तीन) दिन अघि अर्थात २०८२ चैत्र २० गते कार्यालय समयभित्र बागमती प्रदेश महासंघको सचिवालयमा बुझाई सक्नु पर्नेछ । त्यस्तो कागजातको सक्कल प्रति प्राप्त नभएमा त्यस्ता उम्मेदवारको मनोनयन पत्र रद्द गरिनेछ ।
(ख)२ सभामा जिल्ला÷नगर उद्योग वाणिज्य संघ एवं बस्तुगत संघको हकमा अध्यक्ष स्वयं मुख्य प्रतिनिधि रहनु पर्ने व्यवस्था रहेको छ । अध्यक्ष स्वयं उपस्थित हुन नसक्ने अवस्थामा प्रदेश महासंघको नियमावली २०८२ अनुसार सम्बन्धित सदस्य संघको कार्यकारिणी समितिले आपूm मध्येबाट प्रतिनिधि छानी मुख्य प्रतिनिधिसहितको प्रतिनिधिमण्डलको नाम पठाउनु पर्नेछ । साथै निर्णयको प्रमाणित प्रतिलिपि समेत प्रतिनिधि पत्र साथ संलग्न गर्नु पर्नेछ ।
(ख)३ प्रदेश महासंघको नियमावली २०८२ अनुसार निर्वाचनमा उम्मेदवार खडा गर्ने सदस्यहरुले आप्mनो तर्पmबाट निर्वाचनमा खडा गर्ने उम्मेदवारलाई समेत प्रतिनिधिमण्डलमा समावेश गरी प्रतिनिधिमण्डल पठाउनु पर्नेछ ।
प्रदेश महासंघको प्रदेश सभामा निम्न संघ÷संस्थाबाट निम्न संख्यामा प्रतिनिधिमण्डल पठाउन सकिनेछ ः
ड्ड जिल्ला÷नगरस्तरीय उद्योग वाणिज्य संघहरुले मुख्य प्रतिनिधि सहित — ३ जना (१ मुख्य प्रतिनिधि र २ अतिरिक्त प्रतिनिधि)
ड्ड वस्तुगत संघहरुले मुख्य प्रतिनिधि सहित — २ जना (१ मुख्य प्रतिनिधि र १ अतिरिक्त प्रतिनिधि)
ड्ड एशोसिएट सदस्यले मुख्य प्रतिनिधि — १ जना
(ख)४ प्रदेश महासंघको नियमावली २०८२ अनुसार एशोसिएट सदस्यको हकमा सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष, सदस्य, कार्यकारी संचालक, कार्यकारी प्रमुख, महाप्रबन्धक तहसम्मको जिम्मेवार व्यक्तिलाई मुख्य प्रतिनिधि नियुक्त गरी संस्थाको तर्पmबाट अधिकार प्राप्त व्यक्तिले मनोनयन गरी पठाउनु पर्नेछ ।
(ख)५ सदस्यहरुले आ.व. २०८२।८३ सम्मको प्रदेश महासंघको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र प्रतिनिधिपत्र २०८२ चैत्र १६ गते कार्यालय समयभित्र बागमती प्रदेश महासंघको सचिवालयमा बुझाई सकेको हुनु पर्नेछ । उम्मेदवार उठाउने सदस्य संघको हकमा यी सवै शुल्क २०८२ चैत्र १६ गते भित्र वुझाई सकेको हुनुपर्नेछ । शुल्क प्राप्त नभएमा त्यस्तो उम्मेदवारको मनोनयन पत्र वैधानिक मानिने छैन ।
(ग) प्रतिनिधि शुल्कः
प्रदेश सभामा भाग लिने प्रतिनिधिको लागि प्रतिनिधि शुल्क बापत संघ÷संस्थाका प्रति व्यक्ति रु. ५,०००।– (अक्षरेपी पाँचहजार रुपैयाँ) लाग्नेछ । पर्यवेक्षकको रुपमा प्रदेश सभामा सहभागी हुन चाहने प्रतिनिधिलाई प्रति व्यक्ति रु. ७,०००।– (अक्षरेपी सातहजार रुपैयाँ) शुल्क लाग्नेछ । एउटै व्यक्ति एकै प्रकृतिको फरक फरक संस्थाबाट प्रतिनिधित्व गर्दा अतिरिक्त शुल्क रु. १,०००।– (अक्षरेपी एकहजार रुपैयाँ) लाग्नेछ ।
प्रदेश नियमावलीको नियम १९ को उपनियम ६ अनुसार मुख्य प्रतिनिधिले मात्र निर्वाचनमा मतदान गर्न पाउने छन् । अतिरिक्त प्रतिनिधि र पर्यवेक्षकहरुले निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।
(घ) मनोनयन शुल्क
निर्वाचनको लागि मनोनयन गर्दा निम्न बमोजिम मनोनयन शुल्क लाग्ने छ ः
क) अध्यक्ष पदको लागि — रु. ३,००,०००।– (अक्षरेपी तीनलाख रुपैयाँ)
ख) उपाध्यक्ष पदको लागि — रु. १,५०,०००।– (अक्षरेपी एकलाख पचासहजार रुपैयाँ)
घ) कोषाध्यक्ष पदको लागि — रु. १,५०,०००।– (अक्षरेपी एकलाख पचासहजार रुपैयाँ)
ग) कार्यकारिणी समिति सदस्य पदको लागि — रु. ५०,०००।– (अक्षरेपी पचासहजार रुपैयाँ)
(उम्मेदवारी फिर्ता लिए पनि उम्मेदवारी वापतको शुल्क फिर्ता हुने छैन ।)
(ङ) मनोनयन हुने उम्मेदवारको लागि आवश्यक योग्यता
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र कार्यकारिणी समिति सदस्य पदको लागि उम्मेद्वार हुन नेउवामहासंघको विधान र प्रदेश महासंघको नियमावली २०८२ बमोजिमको योग्यता पूरा भएको हुनु पर्नेछ ।
प्रस्तावः
प्रदेश सभामा विचारार्थ पेश गर्नुपर्ने प्रस्तावहरु भएमा प्रदेश सचिवालयमा २०८२ चैत्र २० गते कार्यालय समयभित्र आई पुग्ने गरी पठाउनु पर्नेछ ।
यस प्रदेश महासंघको प्रदेश सभामा समुद्घाटन कार्यक्रमका साथै बन्द सत्र एवं निर्वाचनको कार्य हुने भएको जानकारी गराउँदै प्रदेश सभामा भाग लिने र निर्वाचनमा उम्मेदवार खडा गर्ने संघ÷संस्थाहरुले उपरोक्त अनुसारको व्यवस्था सहित उल्लेखित समयभित्र नै प्रतिनिधि पत्र, प्रतिनिधि शुल्क, मनोनयन पत्र, मनोनयन शुल्क, वार्षिक सदस्यता शुल्क पठाउनु भई प्रदेश महासंघको प्रदेश सभामा सहभागी हुने व्यवस्थाका लागि अनुरोध गर्दछु ।
संलग्नः
१. बागमती प्रदेश महासंघको वार्षिक प्रतिवेदन (सभामा वितरण हुने)
२. आ.व. २०८१÷८२ को वासलात र लेखापरीक्षकको प्रतिवेदन (सभामा वितरण हुने)
३. प्रतिनिधि पत्र थान १ (एक) ।
४. मनोनयन पत्र थान ४ (चार) ।
५. पर्यवेक्षक पत्र थान १ (एक) ।
भवदीय,
बोधार्थः
श्री नेपाल उद्योग वाणिज्य महासंघ ।
श्री अध्यक्षज्यू, बागमती प्रदेश उद्योग वाणिज्य महासंघ ।
श्री उपाध्यक्षज्यूहरु, बागमती प्रदेश उद्योग वाणिज्य महासंघ । विवेक मानन्धर
श्री कोषाध्यक्षज्यू, बागमती प्रदेश उद्योग वाणिज्य महासंघ । कार्यकारी निर्देशक
1774182016_agm notice letter final.pdf