विषयगत समितिहरुबीच परिचयात्मक कार्यक्रम तथा उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्या सम्बन्धी छलफल कार्यक्रम


Start Date : 2023-08-16

End Date : 2023-08-17

Venue : Thaha Smarak, Palung, Thahanagar Ward No. 4


श्रीमान् अध्यक्षज्यूहरु,
जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेउवामहासंघ बागमती प्रदेश

श्रीमान् सभापति/उप–सभापति/सदस्य/आमन्त्रित सदस्य/सल्लाहकारज्यूहरु
सम्पूर्ण विषयगत समितिहरु, नेउवामहासंघ बागमती प्रदेश

विषय ः विषयगत समितिहरुबीच परिचयात्मक कार्यक्रम र उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्या सम्बन्धी छलफल कार्यक्रम सम्बन्धमा ।

महोदय,
उपर्युक्त सम्बन्धमा यस नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आयोजनामा तपसील बमोजिम मिति, समय र स्थानमा यस प्रदेश महासंघ अन्तर्गतका सम्पूर्ण विषयगत समितिहरुबीच परिचयात्मक कार्यक्रम र उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्या सम्बन्धी छलफल कार्यक्रम हुन गईरहेकोले उक्त कार्यक्रममा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद । 

तपसीलः
मितिः २०८० श्रावण ३१ गते 
बेलुकी ५ः३० बजे थाहा स्मारक, थाहा नगरपालिका वडा नं. ४ मा सबैसंग भेटघाट 
बेलुकी ६ः३० बजे वेलकम स्न्याक्स
बेलुकी ८ः०० बजे रात्री भोज र सो पश्चात पालुङ्गका विभिन्न होटलहरुमा बास

मितिः २०८० श्रावण ३२ गते
कार्यक्रमहरुः
विहान ६ः०० बजेदेखि ९ बजेसम्म पालुङ्गको विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण
विहान ९ बजे ब्रेकफाष्ट पालुङ्ग जेसीजको सभाहल, थाहा नगरपालिका वडा नं. ३, मकवानपुर
विहान १०ः०० देखि ११ः०० बजेसम्म विषयगत समितिहरुबीच परिचयात्मक कार्यक्रम
विहान ११ः०० बजेदेखि १२ः३० बजेसम्म उद्योग व्यवसायीहरुले भोग्नु परिरहेको समस्या सम्बन्धी छलफल कार्यक्रम र समापन ।
दिउँसो १२ः३० बजेदेखि ०१ः३० बजेसम्म दिवाखाना थाहा स्मारक, थाहा नगरपालिका वडा नं. ४ मा
(नोट ः सहभागिता शुल्क प्रति सहभागी रु. २,०००।– दुईहजार मात्र लाग्नेछ ।)
 
1690882654_Letter to dmlcci.jpg

Upcoming Events

No upcoming events yet!